यसकारण भारत र पाकिस्तानबीच क्रिक्रेट सिरिज हुनुपर्छ, पूर्वकप्तानले खोले मुख

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान इन्जामाम-उल-हकले भारत र पाकिस्तानबीच क्रिक्रेट प्रतियोगिता हुनुपर्ने बताएका छन् । उनले दुवै देशबीच एशिया कपलगायतका अन्य सिरिज हुनुपर्ने बताएका हुन्।

भारत र पाकिस्तानबीचमा धेरै वर्षहरू द्विपक्षीय सिरिज हुन सकेका छैनन्। दुवै देशबीच आईसीसी टूर्नामेन्ट्स वा एशिया कपमा क्रिक्रेट प्रतियोगितामा सामना भइरहेको छ । यद्यपि यस वर्ष एशिया कप क्रिक्रेट कोरोना भाइरसका कारण रद्द गरिएको छ।

इन्जमामले स्पोर्टुसस्टारसँगको कुराकानीमा भारत र पाकिस्तानबीच द्विपक्षीय सिरिजहरू हुनुपर्ने बताएका हुन्। उनले दुई देशबीच सिरिज भएमा खेलाडीहरूको प्रदर्शन क्षमतामा समेत सुधार हुने बताए।

‘भारत र पाकिस्तानको बीचमा सिरिजहरू हुनुपर्छ। उसरी पनि मानिसहरूले भारत र पाकिस्तानलाई फलो गरिरहेका हुन्छन्,’ उनले भने।

आफ्नो पालाको एशिया कपको स्मरण गर्दै उनले भारत र पाकिस्तानले एक अर्कोलाई जित्न उत्कृष्ट टिम बनाएर प्रदर्शन गर्ने गरेको बताए।

यसबाट खेलाडीहरूको क्षमता पनि सुधार भएको हो। अझै उत्कृष्ट खेलाडी उत्पादन गर्नका लागि समेत भारत र पाकिस्तानबीच क्रिक्रेट सिरीज हुनपर्ने उनी बताउँछन्।

Loading...