जेम्स एण्डरसनले रचे इतिहास, बने यो ‘कीर्तिमान’ हासिल गर्ने पहिलो बलर

काठमाडौं- इंग्ल्याण्ड क्रिकेट टिमका तीव्र गतिका बलर जेम्स एण्डरसनले नयाँ कीर्तिमान बनाएका छन् । उनले इंग्ल्याण्डको तर्फबाट सर्वाधिक टेष्ट म्याच खेल्ने कीर्तिमान बनाएका हुन् ।

आज न्यूजिल्याण्डसँगको टेष्ट सिरिजको दोस्रो म्याच खेलेसँगै एण्डरसनले यो उपलब्धि हासिल गरेका हुन् । योसँगै उनले इंग्ल्याण्ड टिमका पूर्वकप्तान एलेस्टर कूकको कीर्तिमान भंग गरेका छन् ।

एण्डरसनले हालसम्म १६२ टेष्ट म्याच खेलेका छन् । कूकले १६१ टेष्ट म्याच खेलेका थिए ।

इंग्ल्याण्डका लागि सर्वाधिक टेष्ट म्याच खेल्ने सूचीको तेस्रो स्थानमा तीव्र गतिका बलर स्टअर्ट ब्रोड छन् । उनले १३३ टेष्ट म्याच खेलेका छन् ।

इंग्ल्याण्डको लागि १५ जना क्रिकेटरले १ सयभन्दा बढी टेष्ट म्याच खेलेका छन् ।

एण्डरसन टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलर पनि हुन् । उनले हालसम्म २९९ इनिङ्समा ६ सय १६ विकेट लिएका छन् ।

टेष्ट क्रिकेटको सर्वाधिक विकेटकर्ताको सूचीको शीर्ष स्थानमा भने श्रीलंकाका पूर्वस्पिनर मुथैया मुरलीधरन छन् ।

एण्डरसनले टेष्टमा ८ सय विकेट लिएका छन् । उनी यो सूचीमा चौथो स्थानमा छन् । उनले सन् २००३ मा जिम्बाब्वेविरुद्ध खेल्दै टेष्ट क्रिकेटमा डेब्यू गरेका थिए ।

Loading...