न्यूजिल्यान्डलाई WTC जित्न रोक्न सक्ने तीन भारतीय बलर

काठमाडौं : आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनल खेल १८ जूनदेखि सुरु हुँदैछ। फाइनलमा भारत र न्यूजिल्याण्डबीच प्रतिस्पर्दा हुँदैछ।

दुवै टोली उपाधि जित्नका लागि निकै मिहिनेत गरिरहेका छन्। भारतले यो टेष्ट च्याम्पियनशिपको दौरानमा ६ सिरिज खेलेको छ । जसमा १२ म्याचमा जीत निकालेको छ । ७२.२ प्रतिशत जीतका साथ भारत शीर्ष स्थानमा छ ।

यो टेस्ट च्याम्पियनशिपको दौरानमा भारतलाई हराउने एक मात्र टीम न्यूजिल्याण्ड हो। न्यूजिल्याण्डमै भएको दुई टेस्ट सिरीजमा न्यूजिल्याण्डले भारतलाई पराजित गरेको थियो।

टेस्ट च्याम्पियनशिपको दौरान न्यूजिल्याण्डले ५ सिरीजमा ७ म्याचमा जीत हात पारेको थियो। न्यूजिलण्ड ७०.० प्रतिशत जीतका साथ दोस्रो स्थानमा रह्यो।

भारतीय टीमले फाइनल प्रतियोगिताको लागि अहिले इंग्ल्यान्डमा अभ्यास गरिरहेको छ। इंग्ल्यान्डको मैदानमा न्यूजिल्याण्डलाई रोक्न भारतले बलरको भरपुर प्रयोग गर्नेछ। यसै सन्दर्भमाआज हामी तीन भारतीय बलरको बारेमा जानकारी दिँदैछौं, जसले न्यूजिल्याण्डलाई अपाधि जित्नबाट रोक्न सक्छ।

इशान्त शर्मा
इशान्त शर्मा टेस्टमा भारतका लागि तीव्र गतिका बलर हुन्। उनी पछिल्लो केही वर्ष यता भारतको लागि प्रमुख तिव्र गतिका बलरका रूपमा रहेका छन्। उनको अनुभवका कारण पनि उनी नियमित टीममा स्थान बनाउँदै आएका छन्।

विश्व टेस्ट च्याम्पियनशिपमा पनि इशान्तको प्रदर्शन उतकृष्ट रहेको छ। उनले ११ खेलमा ३६ विकेट हात पारेका छन्। इंग्ल्यान्डमा खेल्नका लागि इशान्तलाई प्रयाप्त अनुभव छ।

इशान्तको बलमा ब्याट्सम्यानले गल्ति गरेमा आउट हुने सम्भावना प्रवल हुन्छ। फाइनलमा उनी न्यूजिल्याण्डका ब्याट्सम्यानका लागि समस्याका रूपमा रहेका छन्।

जसप्रीत बुमराह
जसप्रीत बुमराह आफैंमा सिमित ओभरको खेलमा अनुभव बोकेका खेलाडी हुन्। भारतको लागि तीनै प्रारूपको क्रिक्रेटमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

बुमराहले वेस्टइण्डीजविरुद्ध विश्व च्याम्पियनशिपमा खेलेका थिए। उनले उक्त खेलमा शानदार बलिङ गरे। दोस्रो इनिङ्समा बुमराहले ‘ह्याट्रिक’ लिएका थिए। उक्त खेलमा उनले करियरकै उत्कृष्ट बलिङ ६/२७ गरे।

न्यूजिल्याण्डका थुप्रै ब्याट्सम्यान डराएर खेल्ने गरेका छन्। जस कारण बुमराह फाइनलमा न्यूजिल्याण्डका ब्याटस्म्यानका लागि समस्याका रूपमा रहन सक्छन्।

रविचन्द्रन अश्विन
रविचन्द्रन अश्विन विश्व टेस्ट च्याम्पियनशिपमा भारतका सबैभन्दा सफल बलर हुन्। उनले १३ खेलमा ६७ विकेट लिएका छन्। र, फाइनलमा राम्रो प्रदर्शन गरेर उनलाई यस टूर्नामेन्टमा सबैभन्दा बढी विकेट लिन सक्ने मौका छ।

फाइल तस्बिर

अश्विनलाई बायाँ हाते ब्याट्सम्यानका लागि खतराको रूपमा लिने गरिन्छ। न्यूजिल्यान्डका लाथम, कान्वे र निकोलस तीनै उत्कृष्ट ब्याट्सम्यान बाँया हाते कुन्। यस्तो अवस्थामा अश्विन तिनीहरूको अगाडि सबैभन्दा ठूलो खतरा बन्न सक्छन्।

Loading...