श्रीलंकासँगको सिरिजका लागि भारतीय टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं- भारतले श्रीलंकासँग एकदिवसीय र टी-२० सिरिज खेल्ने टोली घोषणा गरेको छ । बीसीसीआईले गएराति शिखर धवनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा धेरै नयाँ खेलाडीले मौका पाएका छन् ।

चेतन सकारिया, कृष्णप्पा गौतम, ऋतुराज गायकवाड, देवदत्त पाडिक्कल र नितीश रााणाले पहिलो पटक टी-२० टिममा मौका पाएका हुन् ।

वरुण चक्रवर्ती र पृथ्वी शाले यसअघि पनि टी-२० टिममा मौका पाएका थिए । यद्यपि, उनले डेब्यू भने गर्न पाएनन् ।

श्रेयस अय्यर र टी नटराज भने चोटका कारण टिमा अटाएका छैनन् ।

श्रीलंका भ्रमणमा टिमको कप्तानी शिखर धवनले गर्नेछन् । नियमित कप्तान विराट कोहली इंग्ल्याण्ड र न्यूजिल्याण्डसँगको सिरिजका लागि इंग्ल्याण्डमा छन् ।

कोहलीको अनुपस्थिति हुँदा श्रीलंका भ्रमणमा शिखरले टिमको कप्तानी पाएका हुन् । कोहलीसहित महत्वपूर्ण खेलाडी टेष्टका लागि इंग्ल्याण्डमै छन् ।

भारतले श्रीलंकासँग १३ जुलाईदेखि सिरिज खेल्नेछ । भारत र श्रीलंकाबीच तीन खेलको वानडे र तीन खेलकै टी-२० सिरिज हुनेछ ।

 श्रीलंका भ्रमणमा जाने भारतीय टिम : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड़, सूर्यकुमार यादव, मनीष पाण्डे, हार्दिक पांड्या, नीतीश राणा, इशान किशन, सञ्जु सामसन, युजवेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गौतम, क्रुणाल पांड्या, कुलदीप यादव, वरुण चक्रवर्ती, भुवनेश्वर कुमार, नवदीप सैनी, दीपक चाहर र चेतन सकारिया ।

नेट बलर : इशान पोरेल, सन्दीप वारियर, अर्शदीप सिंह, साई किशोर र सिमरजीत सिंह।

Loading...