राशिदको कीर्तिमानी प्रदर्शनमा लाहोर विजयी, यस्तो बन्यो अंक तालिका

काठमाडौं- यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)मा पेशावर जाल्मीविरुद्ध लाहोर कलन्दर्स १० रनले विजयी भएको छ ।

जारी सिजनमा लाहोरको यो पाँचौ जित हो । उसले ६ खेलमध्ये एक म्याचमा मात्र हारको सामना गरेको छ ।

यता जाल्मीको भने तेस्रो हार हो । उसले ६ खेलमा तीनमा जित र तीन म्याचमा हार ब्यहोरेको छ ।

गएराति आफ्नो छैटौँ म्याचमा लाहोरले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको जाल्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।

उसका लागि शोयब मलिकले ४८ बलमा ७ चौका र ४ छक्का मद्दतले ७३ रनको पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।

त्यस्तै, उमेद आसिफले २३, डेभिड मिलरले २१, कप्तान वहाव रियाजले १७ तथा शर्फेन रदरफोर्डले १५ रन बनाए ।

बलिङमा राशिद खान एक्लैले चार ओभरमा एक मेडनसहित २० रन दिएर ५ विकेट लिए । योसँगै उनले पीएसएलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी लाहोरका लागि एकै म्याचमा ५ विकेट लिने पहिलो बनेका छन् ।

जेम्स फलक्नरले दुई र हरिस रौफले एक विकेट हात पारे ।

त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङको मौका पाएको लाहोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनायो ।

उसका लागि टिम डेभिडले ३६ बलमा ३ चौका र ५ छक्कासहित ६४ रनको पारी खले । बेन डंकले ४८ र जेम्स फल्कनरले २२ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा फाबियन आलेनले दुई, कप्तान वहाव रियाज, मोहम्मद इरफान, उमेद आसिफ र मोहम्मद इमरानले एक/एक विकेट लिए।

लाहोरको जितसँगै यस्तो बन्यो अंक तालिका :

Loading...