WTC फाइनल : भारतलाई उपाधि जित्न रोक्न सक्ने न्यूजिल्याण्डका ३ बलर

काठमाडौं : आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा भारत र न्यूजिल्यान्डबीच प्रतिष्पर्दा हुँदै छ। यी दुई टीमबीचको फाइनल खेल १८ जूनदेखि इंग्ल्यान्डमा हुने छ।

दुबै टोली उपाधि जित्नका लागि निकै मेहनत गरिरहेका छन्। पछिल्लो समयमा विश्व क्रिकेटमा न्यूजिल्याण्डले राम्रो प्रदर्शन गर्दै आइरहेको छ। न्यूजिल्याण्ड सन् २०१५ को विश्व कप फाइनल, २०१९ को विश्व कप फाइनल र अब आईसीसी विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा पनि खेल्दैछ।

यद्यपि, दुवै वानडे विश्वकप फाइनलमा न्यूजिल्याण्ड पराजित भएको थियो। टेष्ट च्याम्पियनशिपको फाइनलमा टिम निश्चित रूपमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिन चाहन्छ। न्यूजिल्याण्डले केन विलियम्सनको कप्तानीमा शानदार प्रदर्शन गरिरहेको छ।

भारतले टेस्ट च्याम्पियनशिपको दौरानमा ६ सिरीज खेलेको छ। जसमा १२ म्याचमा जीत निकालेको छ। ७२.२ प्रतिशत जीतका साथ भारत शिर्ष स्थानमा छ। यो टेस्ट च्याम्पियनशिपको दौरानमा भारतलाई हराउने एक मात्र टीम न्यूजिल्याण्ड हो।

न्यूजिल्याण्डमै भएको दुई टेस्ट सिरीजमा न्यूजिल्याण्डले भारतलाई पराजित गरेको थियो। टेस्ट च्याम्पियनशिपको दौरान न्यूजिल्याण्डले ५ सिरीजमा ७ म्याचमा जीत हात पारेको थियो। न्यूजिलण्ड ७०.० प्रतिशत जीतका साथ दोस्रो स्थानमा छ।

फाइनलमा भारतीय टिमलाई हराएर यस पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यमा न्यूजिल्याण्ड रहेको छ। फाइनल खेल्नुअघि न्यूजिल्याण्डले इंग्ल्याण्डसँग टेष्ट सिरिज खेलेको छ। त्यसको फाइदा उसले उठाउने नै छ।

भारतले भने थोरै अभ्यासका साथ सीधै फाइनल खेल्नेछ। इंग्ल्याण्डको पिचमा भारतभन्दा न्यूजिल्याण्डले राम्रो फाइदा लिन सक्छ। यसैक्रममा आज हामी भारतलाई फाइनल जित्नबाट रोक्न सक्ने न्यूजिल्याण्डका तीन बलरको बारेमा चर्चा गर्दैछौँः

काइल जेमिसन
जेमिसन एक उदयमान खेलाडी हुन्। उनले छोटो समयमै आफ्नो अलराउन्डर क्षमताका साथ टेष्ट क्रिकेटमा आफ्नो छाप छाडेका छन्।

अग्ला कदका फास्ट बलर जेमिसन भारतीय ब्याट्सम्यानविरुद्ध हाबी हुन सक्छन्। जेमिसनले आफ्नो टेष्ट करियर भारतविरुद्ध खेल्दै सुरु गरेका थिए।

त्यसैले उनसँग भारतीय ब्याट्सम्यानविरुद्ध बलिङ गरेका राम्रो अनुभव रहेको छ। च्याम्पियनशिपमा उनले ६ खेलमा ३६ विकेट लिएका छन्। साउथेम्प्टनमा जेमिसन थप बाउन्स र स्विङका साथ महत्त्वपूर्ण साबित हुन सक्छन्।

ट्रेन्ट बोल्ट
बोल्ट न्यूजिल्याण्डका उत्कृष्ट फास्ट बलरमध्ये एक हुन्। बोल्ट वर्तमान टेष्ट क्रिकेटमा एक उत्कृष्ट स्विङ बलरसमेत रहेका छन्। स्विङका लागि अनुकूल परिस्थितिमा बोल्टसँग कुनै पनि ब्याटिङ आक्रमणलाई ध्वस्त गर्ने क्षमता छ।

उनले रोहित शर्मा र शुमन गिललाई धेरै सताउन सक्छन्। बोल्टले टेष्ट च्याम्पियनशिपमा ३४ विकेट लिएका छन्। फाइनल खेलमा राम्रो प्रदर्शन गरेर उनी यस टूर्नामेन्टलाई उत्तम तरिकामा अन्त्य गर्न चाहन्छन्।

टिम साउथी
साउदी लामो समयदेखि टेष्ट क्रिकेटमा न्यूजिल्याण्डको बलिङ आक्रमणको नेतृत्व गरिरहेका छन्। उनीसँग धेरै अनुभव रहेको छ। समय बित्दै जाँदा पनि उनको प्रदर्शन उच्च स्तरको रहेको छ।

टेष्ट च्याम्पियनशिपमा साउदी न्यूजिल्याण्डका सबैभन्दा सफल बलर साबित भएका छन्। उनले १० खेलमा ५१ विकेट लिएका छन्। बल दुवै तर्फ मूभ गर्न सिपालु छन्। यो भारतीय ब्याटिङका लागि सबैभन्दा ठूलो खतरा हुन सक्छ।

Loading...