पहिलो पटक भारतीय टिमको कप्तान बनेपछि यस्तो भन्छन् धवन

काठमाडौं : भारतले श्रीलंकासँग एकदिवसीय र टी-२० सिरिज खेल्ने टोली घोषणा गरेको छ । बीसीसीआईले गएराति शिखर धवनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।

टिममा धेरै नयाँ खेलाडीले मौका पाएका छन् । भारतले ओपनर ब्याट्सम्यान शिखर धवनलाई कप्तानको जिम्मेवारी दिएको छ भने तीव्र गतिका बलर भुवनेश्वर कुमारलाई उप-कप्तान बनाइएको छ ।

११ वर्ष भारतीय टीमका महत्वपूर्ण खेलाडी भएपछि धवनलाई पहिलो पटक बीसीसीआईले भारतीय टीमको कप्तान बनाएको छ। उनले नयाँ जिम्मेवारीको बारेमा ट्वीट गरेर जनतालाई शुभकामनाको लागि धन्यवाद दिए।

धवनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो देशको नेतृत्व गर्ने अवसर पाउँदा म धेरै खुसी छु । तपाईं सबैलाई धेरै-धेरै धन्यवाद ।’ शिखर धवनले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा भारतीय टीमका लागि शानदार प्रदर्शन गरेका छन् ।

उनले भारतका लागि ३४ टेस्ट, १४२ एकदिवसीय र ६४ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। भारतीय टीमको श्रीलंका भ्रमण जुलाईमा हुनेछ । र, तीन म्याच एकदिवसीय श्रृंखला जुलाई १३ देखि खेल्ने छ। त्यस पछि तीन म्याच टी-२० सीरिज २१ जुलाईमा खेल्नेछ । सबै खेलहरू कोलम्बोको आर प्रेमाडासा स्टेडियममा हुनेछन्।

श्रीलंका भ्रमणमा जाने भारतीय टिम :

शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड़, सूर्यकुमार यादव, मनीष पाण्डे, हार्दिक पांड्या, नीतीश राणा, इशान किशन, सञ्जु सामसन, युजवेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गौतम, क्रुणाल पांड्या, कुलदीप यादव, वरुण चक्रवर्ती, भुवनेश्वर कुमार, नवदीप सैनी, दीपक चाहर र चेतन सकारिया।

नेट बलर : इशान पोरेल, सन्दीप वारियर, अर्शदीप सिंह, साई किशोर र सिमरजीत सिंह।

Loading...