शाकिवले स्टम्पमा लात्ती हा’ने, अम्पायरलाई थ’र्काए (भिडियोसहित)

काठमाडौं । बंगलादेश क्रिकेट टिमका अनुभवी अलराउन्डर शाकिवअल हसनले एक घरेलु म्याचमा गैरजिम्मेवारपूर्ण व्य’वहार देखाएका छन् ।

उनी प्रायः शान्त स्वभावमा देखिन्छन् । तर, शाकिवले ढाका प्रिमियर लिगको एक खेलमा भने अस्वभाविक हर्क’त देखाए ।

अम्पायरले ब्याट्सम्यानलाई आउट नदिएपछि शाकिवले अस्वभाविक व्य’वहार देखिएका हुन् । अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनी आ’क्रोशित भए । र, उनले आवेगमा स्टम्पमा ला’त्ती हि’र्काए ।

साथै, शाकिवले अम्पयारप्रति पनि आ’क्रोश पोखे । उनको यो ह’र्कतसहितको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

मोहम्मदान स्पोर्टिङ क्लबकबाट प्रतियोगिता खेलिरहेको शाकिवले विकेटकीपर/ब्याट्सम्यान मुश्फिकुर रहीमविरुद्ध बलिङ गरिरहेका थिए ।

उनले एल्बडीडब्लूको अपील गरेका थिए । तर, अम्पायरले मुशफिकरलाई आउट दिएनन् । आउट नदिएको झोकमा शाकिवले स्टम्पमा ला’त्ती हिर्काए ।

शाकिवले अम्पायरलाई पनि हातपात गर्ने प्रयास गरेको देखिन्छ । अम्पायर पनि उनको अ’र्कत देखेर आक्रो’शित भएको देखिन्छन् ।

शाकिवले देखाएको यस्तो व्यवहारको व्यापक आलो’चनासमेत भइरहेको छ । केहीले उनलाई कार’वाहीको समेत माग गरेका छन् ।

बंगलादेशको घरेलु क्रिकेटमा अनुभवी खेलाडीले यस्तो प्रकारको ह’र्कत देखाएको पहिलो पटक भने होइन ।

यसअघि मुशफिकुर रहीमले आफ्नै टिमका जुनियर खेलाडीलाई थ’प्पड हि’र्काउने प्रयास गरेका थिए ।

फिल्डिङका क्रममा आफूलाई बाधा पुर्‍याउने कोशिस गरेको भन्दै रहीमले गत मंसिरमा बलर नसुम अहमदलाई थ’प्पड हान्ने प्रयास गरेका थिए ।

मुशफिकुर सो प्रतियोगितामा मेक्सिमको ढाका टिमको कप्तानी गरिरहेका थिए । खेलमा मुशफिकुर र नसुम दुवै एक क्याच लिनका लागि प्रयास गरिरहेका थिए ।

एउटा क्याच लिन दुवै खेलाडी प्रतिस्पर्धा गरिरहेका थिए । त्यस बेला मुश्फिकुरले क्याच पक्रिए ।

क्याच फर्किएपछि उनले नसुमलाई थ’प्पड हान्लाई हात उठाएका थिए । नसुमले डराएझैँ उनले थ’प्पड हान्न खोज्दा आफूलाई जोगाउन खोज्ने प्रयास गरेका थिए ।

बल क्याच गरेपनि मुश्फिकुर आक्रोशित नै थिए । तर, नसुमले भने उनको पिठ्यूँ धपधपाउँदै ‘सरी’ भनिरहेका थिए ।

Loading...