यी तीन चर्चित बलर : जसले टी-२० मा धेरै पटक १० भन्दा कम रन दिए

काठमाडौं : क्रिकेटमा बलिङको लागि टी-२० सबैभन्दा गाह्रो ढाँचा मानिन्छ। टी-२० मा ब्याट्सम्यानहरू पहिलो बलबाट रन बनाउन तयार हुन्छन्। र, बलरले गल्ती गर्ने वित्तिक्कै ब्याट्सम्यान चौका र छक्काको वर्षा गर्छन्।

शक्तिशाली र रचनात्मक शटहरू टी-२० क्रिकेटमा ब्याट्सम्यानको सबैभन्दा ठूलो शक्ति हो। यस्तो अवस्थामा बलरले ब्याट्सम्यानलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। यद्यपि, सफल हुनको लागि बलरहरूले आफ्नो बलिङ क्षमतामा जोड दिइरहेका हुन्छन्।

टी-२० क्रिकेटमा यदि कुनै बलरले ४ ओभरमा ३० भन्दा कम रन दिन्छ भने उसको ‘स्पेल’ राम्रो मानिन्छ। कुनै बरलले ४ ओभरमा १० भन्दा कम रन दिएर ‘स्पेल’ समाप्त गर्नु ठूलो उपलब्धि मानिन्छ।

यसैबीच, आज हामी तीन त्यस्ता बलरको चर्चा गर्दैछौँ, जसले सबैभन्दा धेरै पटक ४ ओभरमा १० भन्दा कम र दिएका छन् :

राशिद खान

राशिद खान अहिलेको टी-२० क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलरको रूपमा मानिन्छन्। २२ वर्षीय राशिदले विश्वभर टी-२० क्रिकेट खेलेका छन्। र, उनले ठूला ब्याट्सम्यानको विकेट लिनुका साथ रन बनाउन दिएका छैनन्।

राशिद हाल पाकिस्तान सुपर सलग (पीएसएल) मा लाहोर कलन्दर्सका लागि खेलिरहेका छन्। उनले बुधबार शेख जायद स्टेडियममा इस्लामाबाद युनाइटेडविरुद्ध शानदार बलिङ गरे।

 

उनले ४ ओभर बलिङ गरेर एक विकेट लिनुका साथै ९ रन मात्रै दिए । उनले योसँगै करियरमा ५ पटक टी-२० मा १० भन्दा कम रन दिए ।

उनले यो उपलब्धि एक पटक आईपीएल २०२० मा दिल्ली क्यापिटलविरुद्ध पनि हासिल गरेका थिए ।

स्यामुएल बद्री

यो सूचीको दोस्रो नम्बर छन्, स्यामुएल बद्री। उनी लेग स्पिनर हुन्। वेस्ट इण्डिजका बद्रीले आफ्नो टी-२० करियरमा वेस्ट इण्डिजका लागि ५२ खेल खेलेका छन्।

अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा उनले एक ओभरमा १० भन्दा कम रन दिन सकेनन् । यद्यपि, उनले घरेलु टी-२० मा भने यो उपलब्धि पटकपटक हात पारेका छन्।

उनले यो सात पटक एक ओभरमा १० भन्दा कम रन खर्चेका छन् । आईपीएलमा पनि उनले चार ओभररमा  १० भन्दा कम रन दिएका छन् ।

आईपीएल २०१७ मा मुम्बई इन्डियन्सविरुद्ध आरसीबीको लागि खेल्दै बद्रीले ४ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए । उनले सो स्पेलमा ९ रन मात्र खर्चिए । दुर्भाग्य सो खेलमा आरसीबी पराजित भएको थियो ।

सुनील नारायण

वेष्ट इण्डिजका बलर सुनील नारायण पनि टी-२० मा उत्कृष्ट बलरका रूपमा चिनिन्छन् । टी–२० क्रिकेटको इतिहासमा ‘मेडन’ सुपर ओभर गरेका उनी एक मात्र बलर हुन् ।

नारायणले वेष्ट इण्डिजको लागि अन्तर्राष्ट्रिय स्तरमा नियमित खेल्न नपाए पनि फ्रेन्चाइजी क्रिकेटमा आफ्नो छाप छोडेको छन्।

नारायणले टी-२० मा सर्वाधिक १२ पटक १० भन्दा कम रन दिएका छन्। यद्यपि उनले यो उपलब्धि अन्तर्राष्ट्रिय क्रिकेटमा भने हासिल गरेका होइन् ।

Loading...