आन्द्रेको क्वेटाविरुद्ध मुनरोको टिम १० विकेटले विजयी

काठमाडौं- यूएईमा जारी पाकिस्तान सुपर लिग (पीएसएल)अन्तर्गत क्वेटा ग्लाडियटर्सविरुद्ध इश्लामाबाद युनाइटेड १० विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा क्वेटाले दिएको १ सय ३४ रनको लक्ष्य इश्लामाबादले १० ओभरमा बिनाविकेट पूरा गर्‍यो ।

उसका लागि कोलिन मुनरोले आक्रामक पारी खेले । उनले ३६ बलमा पाँच छक्का र १२ चौकासहित अविजित ९० रन बनाए ।

त्यस्तै, उश्मान ख्वाजाले २७ बलमा ६ चौका र एक छक्काको मद्दतमा अविजित ४० रनको पारी खेले ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको क्वेटाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।

उसका लागि ज्याक वेथरल्याण्डले ४३, आजम खानले २६, उश्मान खानले १४ र आन्द्रे रसेलले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

फाइल तस्बिर

बलिङमा मोहम्मद वसीम, मोहम्मद मुसा, हसन अलीले दुई/दुई, कप्तान सादव खान र अकिफ जावेदले एक/एक विकेट लिए ।

यो जितसँगै इश्लामाबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ६ खेलमध्ये चारमा जित र दुई खेलका हारको सामना गरेको छ ।

यता इश्लामाबाद भने तालिकाको पुछारमा छ । उसले ६ म्याच खेल्दा एक खेलमा मात्र जित हात पारेको छ ।

अंक तालिका :

Loading...