श्रीलंका भ्रमणका लागि भारतीय टीममा परेका यी तीन खेलाडीले चकित पारे

काठमाडौं : भारतले श्रीलंकासँग १३ जुलाईदेखि तीन वानडे र तीन टी–२० सिरिज खेल्नेछ। श्रीलंकाविरुद्ध खेल्नका लागि भारतले टोलीको घोषणा गरिसकेको छ। यस सिरीजका लागि २० खेलाडीहरू छनौटमा परेका छन्।

बीसीसीआईले शिखर धवनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो  भने भुवनेश्वर कुमारलाई टिमका उप कप्तान बनाइएको छ। टीममा धेरै नयाँ खेलाडीले मौका पाएका छन्। जुन आईपीएलको आधारमा समावेश गरेको हो।

भारतको मुख्य टोली हाल इंग्ल्यान्डमा छ। वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलका लागि मुख्य टोली इंग्ल्यान्ड पुगेको हो। अगस्टमा इंग्ल्यान्डविरुद्ध पाँच टेस्ट टेस्ट श्रृंखला खेल्नेछ। त्यसैले भारतले श्रीलंकाविरुद्ध खेल्न दोस्रो टीम चयन गरेको हो।

यस टोलीमा त्यस्ता धेरै खेलाडीहरू छन् जसले घरेलु प्रतियोगितामा आफ्नो छाप छोडेका छन् र अहिले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउने तयारीमा छन्। यद्यपि टीममा केहि नयाँ त्यस्ता खेलाडीहरू छन्।

जसको चयनले सबैलाई छक्क पारेको छ। आज हामी तीन त्यस्ता खेलाडीहरूको बारेमा जानकारी दिँदैछौँ, जसलाई टीममा देखेर सबै अचम्ममा परेका छन्।

चेतन साकारिया
श्रीलंका भ्रमणको लागि छनोट गरिएको टोलीमा चेतन साकारिया पनि रहेका छन्। टोलीमा उनको नाम देखेर धेरै जना चकित परेका छन्। जसले यस सीजनमा राजस्थान रोयल्सको लागि आफ्नो आईपीएल क्रिकेट खेलिरहेका थिए।

सकरियासँग अझै धेरै अनुभव छैन। तर, उनले यस सीजनको आईपीएलमा उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनको बलिङ देखेर चर्चित क्रिक्रेटहरू प्रभावित भएका थिए।

टी–नटराजन खेलमा क्रममा घाइते भएको कारण यसको फाइदा साकारियाले उठाए। यद्यपि उनादकट पनि एक विकल्प थिए। तर, चयनकर्ताहरूले साकारियालाई छनोट गरे।

ऋतुराज गायकवाड
ओपनिङ ब्याट्सम्यान ऋतुराज गायकवाडको छनौट प्रदर्शनको हिसाबले सही छ। तर, उनलाई श्रीलंकाविरुद्धको सिरीजका लागि छनोट गर्लान भन्ने कसैले अनुमान समेत गरेका थिएनन्। यसै कारण उनको चयनले सबैलाई चकित पारे।

यद्यपि आईपीएलमा गायकवाडले राम्रो प्रदर्शन गरेका थिए। उनको घरेलु लिगमा पनि राम्रो प्रदर्शन छ। आईपीएलको यस सत्रमा गायकवाडले ७ खेलमा २ अर्धशतकको सहायताले १९६ रन बनाए। उनले डेब्यू गर्ने मौका पाउने छ कि छैन भनेर हेर्न बाँकी छ।

कृष्णप्पा गौतम
श्रीलंका भ्रमणका लागि छानिएका भारतीय टीममा सबैभन्दा आश्चर्यजनक चयन खेलाडी कृष्णप्पा गौतम हुन्। उनलाई छनोट गर्ने आधार सही भन्न सकिँदैन्। प्रदर्शनको मामलामा पनि उनी चुक्ने गरेका छन्।

आईपीएलको यस सिजनमा उनलाई एक खेलमा पनि खेलाइएको थिएन्। अघिल्लो सीजनमा उनले केवल दुई खेल खेलेका थिए। यस्तो अवस्थामा गौतमको चयनले धेरै मानिसहरूलाई चकित तुल्यायो।

Loading...