WTC फाइनल खेल्नुअघि लयमा पन्त, खेले आक्रमक पारी

काठमाडौं : आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनल खेल्न भारतीय टीम अहिले इंग्ल्यान्डमा छ। फाइनल अघि भारतीय टीम खेलाडीहरू बीच ‘इन्ट्रास्क्वाड’ खेल खेलिरहेको छ। ‘इन्ट्रास्क्वाड’ खेलिरहेको तस्विर र भिडियो बीसीसीआईले ट्वीटरमा अपलोड गरेको छ।

उक्त भिडियोमा मोहम्मद शमी, मोहम्मद सिराज, शुबमान गिल र चेतेश्वर पुजारा एक्सनमा देखिएका छन्। यो भिडियो अपलोड गर्दा बीसीसीआईले क्याप्सनमा लेखेको छ, ‘विश्वकप च्याम्पियनशिप अघि भारतीय टीमको पहिलो दिन ‘इन्ट्रास्क्वाड’ म्याच राम्रो भएको छ।’

यस भिडियोमा विराट कोहली, शुमन गिल, रोहित शर्मा, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, रवीन्द्र जडेजा ब्याटिङ गरिरहेका छन्। तर, अर्कोतर्फ जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, इशान्त शर्मा र रविचन्द्रन अश्विन बलिङ गरिरहेका छन्।

भिडियोको अन्त्यमा ऋषभ पन्तले एक शानदार छक्का प्रहार गरे र उनले अर्धशतक पूरा गरेको देखाएको छ। भिडियोमा भारतका सबै खेलाडीहरू अभ्यास गरिरहेका छन्। यस भिडियोमा केएल राहुल र मयंक अग्रवाल ‘स्लिप’मा फिल्डिङ गरिरहेका छन्।

ऋद्धिमान साहले विकेटकीपरको जिम्मेवारी लिएका छन्। वाशिङटन सुन्दरले पनि भिडियोको क्लिपमा एक शानदार क्याच लिएका छन्। भारतीय टीम बाहेक न्यूजिल्यान्डको टीम हाल इंग्ल्यान्डविरुद्ध दोस्रो टेस्ट खेलमा व्यस्त छ।

डब्ल्यूटीसी फाइनल अघि न्यूजिल्यान्डले अभ्यास गर्ने राम्रो मौका पाउको छ। भारतीय टीम अभ्यास म्याचको आधारमा इंग्ल्यान्डमा आफूलाई अनुकूल पार्न खोज्दैछ। इंग्ल्यान्डमा भारतीय टीमले ड्यूक बलको सामना गर्नुपर्नेछ। ड्यूक बलको सामना गर्नु भारतका लागि चुनौतीपूर्ण छ।

Loading...