श्रीलंकासँगको टी-२० सिरिजका लागि इंग्ल्याण्डको टोली घोषणा

काठमाडौं- श्रीलंकाविरुद्धको टी-२० सिरिजका लागि इंग्ल्याण्डले टोली घोषणा गरेको छ । इंग्ल्याण्डले आज इयोन मोर्गनको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।

टिममा जोफ्रा आर्चर र बेन स्टोक्सलाई टिममा समावेश गरिएको छैन । उनीहरू पूर्णरूपमा फिट नभइसकेकाले टिममा समावेश नगरिएको बताइएको छ ।

त्यस्तै, क्रिस वोक्स, डेविड विली र लियाम दसनले टिममा कमब्याक गरेका छन् । दसनलेअन्तिम पटक २०१८ मा इंग्ल्याण्डका लागि टी-२० खेलेका थिए ।

त्यस्तै, वोक्सले २०१५ पछि टिममा स्थान बनाएका हुन् ।

विलिले अन्तिम पटक इंग्ल्याण्डका लागि २०१९ मा टी-२० म्याच खेलेका थिए । इंग्ल्याण्ड र श्रीलंकाबीचको तीन खेलको टी-२० श्रृंखला २३ जुनदेखि २६ जुनसम्म हुनेछ ।

इंग्ल्याण्डको टोली : इयोन मोर्गन (कप्तान), मोइन अली, जोनी बेयरिस्टो, जेसन रोय, साम बिलिंग्स, जोस बटलर, साम करन, टम करन, लियाम दसन, क्रिस जोर्डन, लियाम लिभिंगस्टोन, डेविड मलान, आदिल राशिद, डेभिड विली, क्रिस वोक्स र मार्क वुड ।

Loading...