न्यूजिल्याण्डसँग खेल्नुअघि पन्तले खेले शतकीय पारी

काठमाडौं- विश्व टेष्ट च्याम्पियनशिप फाइनल खेल्नका लागि अहिले भारतीय टिम इंग्ल्याण्डमा छ । च्याम्पियनशिप फाइनल १८ जुनदेखि २२ जुनसम्म साउथह्याम्टनमा हुँदैछ ।

फाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्नेछ ।

न्यूजिल्याण्ड पनि अहिले इंग्ल्याण्डमै छ । त्यहाँ उसले घरेलु टोली इंग्ल्याण्डसँग दुई खेलको टेष्ट सिरिज खेल्दैछ ।

पहिलो म्याच ड्र गर्दा दोस्रो खेलमा भने इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्ड जित नजिक छ ।

च्याम्पियनशिप फाइनल खेल्नुअघि भारतीय टिम अहिले अभ्यासमा व्यस्त छ । अभ्यासकै क्रममा भारतीय टिमका विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तले आक्रामक शतकीय पारी खेलेका छन् ।

त्यस्तै, अभ्यास म्याचमा शुभमन गिलले पनि राम्रो पारी खेले । पन्तले ९४ बलमा अविजित १२१ रनको पारी खेले ।

त्यस्तै, गिलले १३५ बलमा ८५ रन बनाए ।

बलिङमा इशान्त शर्माले उत्कृष्ट प्रदर्शन गरे । उनले ३६ रन दिएर तीन विकेट हात पारे ।

अभ्यास म्याचमा विराटले पनि बलिङ गरे । उनले केएल राहुल ब्याटिङ गर्दा बलिङ गरेका थिए ।

Loading...