यी तीन अभागी भारतीय क्रिक्रेटर : जो श्रीलंका भ्रमणका लागि टिममा अटाएनन्

काठमाडौं : भारतले श्रीलंकासँग १३ जुलाईदेखि तीन वानडे र तीन टी–२० सिरिज खेल्नेछ। श्रीलंकाविरुद्ध खेल्नका लागि भारतले टोलीको घोषणा गरिसकेको छ।

यस सिरीजका लागि २० खेलाडीहरू छनौटमा परेका छन्। बीसीसीआईले शिखर धवनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो भने भुवनेश्वर कुमारलाई टिमका उपकप्तान बनाइएको छ। टीममा धेरै नयाँ खेलाडीले मौका पाएका छन्।

बीसीसीआईले श्रीलंकासँगको खेलका लागि त्यस्ता धेरै खेलाडीहरू छनौट गरेको छ। जसका प्रदर्शनहरू विगतमा धेरै राम्रो भएका छन्। भारतीय टीमले देवदत्त पाडीक्कल, रुतराज गायकवाड, नीतीश राणा, कृष्णप्पा गौतम र चेतन साकारिया जस्ता नयाँ अनुहारहरू टीममा परेका छन्। एकै साथ धेरै अन्य खेलाडीहरू पनि टिममा फर्केका छन्।

छनोटकर्ताले टीममा पर्न सक्ने आकलन गरिएका कतिपय खेलाडीहरूलाई छनोट गरेन्। आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपनि कतिपय खेलाडीहरूले टीममा स्थान बनाउन सकेनन्। आज हामी तीन त्यस्ता अभागी भारतीय खेलाडीबारे चर्चा गर्दैछौं, जुन श्रीलंका भ्रमणका लागि टीममा परेनन्।

विजय शंकर

हार्दिक पाण्ड्याले बलिङ गर्न छोडेपछि तीव्र गतिको बलर र अलराउन्डर भारतीय टीममा आवश्यक छ। श्रीलंका भ्रमणमा पनि भारतीय टीमलाई अलराउन्डर र तीव्र गतिका बलर आवश्यक पर्नेछ। यस्तो अवस्थामा श्रीलंका भ्रमणमा भारतीय टीममा विजय शंकरको खाँचो छ।

तर, उनी टीममा पर्न सकेनन्। शंकरले यसका लागि भारतको लागि पहिले पनि यो भूमिका खेलेका छन। तर, उनले विश्व कप २०१९ पछि मौका पाउका छैनन्। यस भ्रमणलाई शंकरलाई हार्दिकका रूपमा तयार पार्न आवश्यक थियो। तर, टीममा स्थान दिइएन्।

दिनेश कार्तिक

दिनेश कार्तिकले फिनिशरको भूमिका राम्रोसँग खेल्न सक्दछन्। भारतीय टिमका दुई विकेटकीपर इशान किशन र सन्जू स्यामसन दुबैसँग अन्तर्राष्ट्रिय क्रिकेटमा खासै अनुभव छैन। दुबै खेलाडीले अन्तर्राष्ट्रिय टी–२० खेल मात्र खेलेका छन्।

तर। दुवैले कुनै ओडीआई अनुभव गरेका छैनन्। दिनेश कार्तिकले टिममा अनुभव र उत्कृष्ट ब्याटिङ गर्छन्। यस्तो अवस्थामा कार्तिक एकदिवसीय क्रिकेटमा महत्वपूर्ण सावित हुन्थे। तर, उनी टीममा पर्न सकेनन्।

हर्षल पटेल

आइपीएल २०२१ मा हर्षल पटेलले आरसीबीका लागि खेल्ने क्रममा जबरजस्त बलिङ गरे। हर्षलले ७ खेलमा १७ विकेट लिए।यद्यपि उनी अन्तिम केहि खेलमा महँगो साबित भए तर विकेट लिन भने सकेनन्।

श्रीलंकाको पिचमा हर्षल प्रभावकारी हुन सक्छन।चयनकर्ताहरूले आईपीएलको आधारमा धेरै खेलाडीहरू चयन गरेका थिए। यस्तो अवस्थामा हर्षल पटेलको दावी पनि कडा थियो। तर, उनलाई वेवास्ता गरियो।

Loading...