फाफ डुप्लेसी अस्पताल भर्ना

काठमाडौं : पाकिस्तान सुपर लिग (पीएसएल)को एक खेलमा दक्षिण अफ्रिकाका चर्चित ब्याट्सम्यान फाफ डुप्लेसिस घाइते भएका छन्।

शनिबार पेशावर जाल्मीविरुद्ध खेल्ने क्रममा क्वेटा ग्लाडियटर्सका ब्याट्सम्यान डुप्लेसिस घाइते भएका हुन्।

घाइते भए लगत्तै उनलाई अस्पताल लगिएको थियो। डुप्लेसिस मैदानमा जाँदा आफ्नै टीमका साथी मोहम्मद हसनैनसँग टकराएका थिए। डुप्लेसिस पाकिस्तान सुपर लिगमा सरफराज अहमदको नेतृत्वमा क्वेटा ग्लाडियटर्सबाट खेलिरहेका छन्।

शनिबार क्वेटाको खेल पेसावर जÞल्मीसँग चलिरहेको थियो। ७ औं ओभरमा पेशावर जाल्मीका विस्फोटक ब्याट्सम्यान डेभिड मिलरले बाउन्ड्रीको लागि जबरजस्त शट हिर्काए। डुप्लेसिस र मोहम्मद हसनैन दुवै बल समात्न दौडिएका थिए। बाउन्ड्री रेखा नजिक डुप्लेसिसले बल समात्न डाइव हानेका थिए।

हसननको खुट्टा उनको टाउकोमा लाग्यो र उनी घाइते भए। डुप्लेसिस घाइते भएपछि मैदानबाट बाहिरिएका थिए। पाकिस्तानी मिडिया रिपोर्ट अनुसार उनलाई तुरुन्त अस्पताल लगिएको थियो। अस्पतालमा उनको स्क्यान गरिएको थियो र उनी फिल्डमा फर्कन सकेन।

क्वेटा ग्लाडियटर्स पराजित

यो खेलमा क्वेटा ग्ल्याडिएटर्स पेशावर जाल्मीसँग पराजित भएको छ। डेभिड मिलरले ४६ बलमा ७३ रनको शानदार इनिङ्स खेले।

जाल्मीले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको ग्लाडियटर्सले १ सय ३६ रन मात्र बनाउन सक्यो।

जाल्मीले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनायो भने ग्लाडियटर्सल निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो। जारी सिजनमा जल्मीको यो चौथो जित हो। क्वेटाको भने यो छैटौँ हार हो।

Loading...