भारतीय टीमले बनाएका चार खराब कीर्तिमान

काठमाडौं : भारतीय क्रिकेट टीम विश्व क्रिकेटको शीर्ष टोलीमा सामेल छ। यस टीमले अहिलेको प्रदर्शनमा अन्तर्राष्ट्रिय क्रिकेटमा फरक स्थान राखेको छ ।

भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै उपलब्धि हासिल गर्दै धेरै कीर्तिमान पनि बनाएको छ।

जुन भारतीय प्रशंसकहरूका लागि गर्वका कुरा हो। भारतले १६८५ अन्तर्राष्ट्रिय खेल खेलेको छ जसमध्ये उसले ७६६ खेलमा जीत हात पारेको छ भने ६४३ खेलमा पराजित भएको छ ।

भारतले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल झन्डै ८९ वर्ष अगाडि खेलेको थियो।

भारतले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट रेकर्ड आफ्नो नाममा लेखाएको छ भने केही खराब रेकर्डहरू पनि नाममा दर्ज गराएको छ । जुन भारतीय टीमका साथै भारतीय प्रशंसकहरू बिर्सन चाहन्छन्।

आज हामी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय टीमका चार सबैभन्दा खराब रेकर्डको बारेमा जानकारी दिँदैछौं :

वानडेमा सबैभन्दा धेरै खेलमा पराजित

विगत केही वर्षदेखि भारतीय टीम वानडेमा सबैभन्दा सफल टोली हो। यस टोलीले आफ्नो प्रदर्शनको साथ ठूला टोलीलाई सहजै हराउँदै आएको छ ।

तर, अहिले भारतीय टीमले जस्तै सुकै उत्कृष्ट रेकर्ड बनाएपनि कुनै समयमा उसले बिर्सन नसक्ने खराब रेकर्ड आफ्नो नाममा लेखाएको छ ।

भारतले हाल वानडेको सफल टोली हुन सक्छ। तर, टीमसँग यो ढाँचामा सबै भन्दा बढी खेलहरू गुमाउने रेकर्ड छ। भारतीय टीमले ९९३ वानडे खेलमा ४२७ खेल गुमाएको छ।

टेस्ट म्याचको पहिलो दिनमा दुई पटक आउट

टेस्ट क्रिक्रेटमा भारतलाई घरेलु मैदानमा हराउन निकै समस्या हुन्छ। भारतले अस्ट्रेलियाविरुद्ध दुई टेस्ट श्रृंखला जित्ने रेकर्डसहित विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पनि आफ्नो स्थान बनाएको थियो।

यद्यपि यति धेरै उपलब्धिहरूको बाबजुद टेस्ट क्रिक्रेटमा भारतको लाजमर्दो रेकर्ड कायमा भएको छ।

१९९२ मा भारतले म्यान्चेस्टरमा इंग्ल्यान्डविरुद्ध टेस्ट खेल खेल्दा भारतीय निराशाजनक प्रदर्शन गर्‍यो ।

विजय हजारेको नेतृत्वमा रहेको टोली खेलको तेस्रो दिनमा दुई पटक आउट भएको थियो। भारत टेस्ट क्रिक्रेटमा एक दिनमा दुई पटक आउट हुने पहिलो टीम हो।

वानडेमा १४ पटक ३५० को उच्चतम स्कोर

पछिल्ला केही वर्षहरूमा वानडे क्रिकेटमा ठूलो परिवर्तन आएको छ। यस परिवर्तनको पछाडि आईसीसीका ब्याट्सम्यान र टी-२० क्रिकेट आउने पक्षमा थुप्रै नियमहरू छन्।

धेरै जसो पिचहरू ब्याट्सम्यानका लागि पनि बनाइन्छ। यस्तो अवस्थामा आजको युगमा वानडेमा ३५० को स्कोर ५० ओभरमा ‘बेन्चमार्क’ भएको छ।

वानडे क्रिकेटमा भारतले विपक्षी टीमहरूविरुद्ध ब्याटिङमा धेरै चोटि यो रेकर्ड बनाएको छ। तर, धेरै विपक्षी टीमहरूले पनि भारतविरुद्ध ३५० को स्कोर बनाएका छन्। ३५० को उच्च स्कोर भारतीय टीमविरुद्ध १४ पटक बनेको छ।

टेस्ट पारीमा धेरै अतिरिक्त रन

जब पनि भारत र पाकिस्तान बीच खेल हुन्छ। यो क्रिकेट प्रेमिहरूलाई उपहार भन्दा कम हुँदैन। यी दुई देशहरू बीचको टेस्ट म्याच २००७ मा खेलाइएको थियो। त्यसपछि यी दुई टोलीबीच टेस्ट खेल भएको छैन्।

सन् २००७ मा बैंग्लोरमा भएको यो खेलबाट कुनै नतिजा प्राप्त भएन। तर, भारतको नाममा शर्मनाक रेकर्ड कायम भयो।

भारतीय बलरहरूले पाकिस्तानको पहिलो इनिङ्समा ७६ अतिरिक्त रन दिए। जुन कुनै एक इनिङ्समा कुनै पनि टोलीले सबैभन्दा धेरै बढी रन दिएको रेकर्ड हो।

Loading...