इंग्ल्याण्डविरुद्ध न्यूजिल्याण्डको फराकिलोे जित, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं- इंग्ल्याण्डसँगको टेष्ट सिरिज पाहुना टोली न्यूजिल्याण्डले जितेको छ । आज दोस्रो टेष्टमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले सिरिज १-० ले जितेको हो ।

पहिलो टेष्ट म्याच वर्षाका कारण ‘ड्र’ भएको थियो ।

३८ रनको लक्ष्य न्यूजिल्याण्डले १०.५ ओभरमा एक विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान टम लाथमले अविजित २३, विल योङले ८ र डेभन कन्वेले तीन रन बनाए ।

बलिङमा स्टअर्ट ब्रोड र ओली स्टोनले एक/एक विकेट लिए । पहिलो इनिङ्समा न्यूजिल्याण्ड ३ सय ८८ रनमा अलआउट भएको थियो ।

उसका लागि विल योङले ८२, डेभन कन्वे, रस टेलरले ८०/८०, टम ब्लेन्डलले ३४, हेनरी निकोल्सले २१, अजिज पटेलले २०, म्याट हेनरी र ट्रेन्ट बोल्टले १२/१२ रनको योगदान दिए ।

नियमित कप्तान केन विलियसम्सनले चोटका कारण दोस्रो टेष्ट म्याच खेलेनन् ।

बलिङमा स्टुअर्ट ब्रोडले चार, मार्क उड, ओली स्टोनले दुई/दुई, डान लरेन्स र जेम्स एण्डरनले एक/एक विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्याण्ड ३०३ रनमा समेटियो । उसका लागि रोरी बर्न्स, डान लरेन्सले अविजित ८१/८१, मार्क उडले ४१, डोम सिब्लीले ३५ र ओली पोपले १९ रन बनाए ।

बलिङमा ट्रेन्ट बोल्टले चार, म्याट हेनरीले तीन, अजिज पटेलले दुई र नील वाग्नरले एक विकेट लिए ।

दोस्रो इनिङ्समा भने इंग्ल्याण्ड १२२ रनमै अलआउट भयो । उसका लागि मार्क उडले २९, ओली पोपले २३, ज्याक क्रलीले १७, ओली स्टोनले १५ र कप्तान जो रुटले ११ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा म्याट हेनरी, नील वाग्नरले तीन/तीन, अजिज पटेल र ट्रेन्ट बोल्टले दुई/दुई वित हात पारे ।

न्यूजिल्याण्डले अब इंग्ल्याण्डमै १८ जुनदेखि २२ जुनसम्म भारतसँग विश्व टेष्ट च्याम्पियनशिपको फाइनलमा खेल्नेछ ।

Loading...