यी चार चर्चित कप्तान : जसले सर्वाधिक आईसीसी ट्रफी दिलाए

काठमाडौं- कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु यो एक ठूलो उपलब्धि हो। खेलाडीले आफ्नो देशको कप्तान हुने मौका पायो भने यो अझ बढी गौरवको कुरा हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान हुनु सजिलो काम होइन। कप्तानको धेरै चुनौतीहरू छन् । र, ती माथि विजय हासिल गरेर आफ्नो टीमलाई राम्रो प्रदर्शन गर्नुपर्छ। टिमको खराब प्रदर्शनका कारण कप्तानहरूले धेरैपटक कप्तानीलाई बीचमै छोड्नुपर्‍यो।

धेरै खेलाडीहरूले कप्तानको रूपमा सम्पूर्ण विश्वमा आफ्नो प्रभुत्व कायम गरे। कप्तानको रूपमा धेरै ट्रफीहरू लिने अवसर छ। तर, आईसीसीद्वारा आयोजना गरिएको प्रतियोगितामा ट्रफी जित्नु भने ठूलो उपलब्धी हो। शीर्ष टोलीहरू आईसीसी प्रतियोगितामा खेल्छन्।

क्रिकेट जगतमा थुप्रै कप्तान छन् जसले एक पटक आईसीसी ट्रफी जित्न सफल भएका छन्। तर, केही कप्तानहरू छन् जसले एक भन्दा बढी ट्रफी जित्न सफल भएका छन्।

आज हामी ४ कप्तानहरूबारे उल्लेख गर्दैछौं, जसले सबै भन्दा धेरै आईसीसी ट्रफी जितेका छन् :

क्लाइव लोयड

क्लाइव लोयड वेस्ट इण्डिजका पूर्वकप्तान हुन्। उनले आफ्नो कप्तानीमा वेस्ट इण्डिजलाई लागि वानडे क्रिकेटको पहिलो विश्वकप जिताएका थिए।

अनुभवी कप्तानले लोयडले १९७५ र १९७९ को विश्वकपमा वेस्ट इण्डिजको कप्तानका रूपमा टोलीलाई दुबै पटक ट्रफी जित्न नेतृत्व गरे। उनको कप्तानीमा वेस्ट इण्डिजले सम्पूर्ण विश्व क्रिकेटमा हावी रह्यो।

डारेन स्यामी

वेष्ट इण्डिजका डैरेन स्यामीले अन्तर्राष्ट्रिय स्तरमा एक अलराउन्डरको रूपमा उत्कृष्ट भूमिका निभाउन सकेनन्। तर, उनले टी-२० क्रिकेटमा कप्तानको रूपमा त्यस्तो उपलब्धि गरे जुन ठूला कप्तानले गर्न सकेनन्।

सन् २०१२ मा खेलेको टी–२० वर्ल्ड कपमास्यामीको कप्तानीमा वेस्ट इण्डिजले उपाधि जित्यो। २०१६ मा भारतमा भएको टी–२० वर्ल्ड कप स्यामीकै कप्तानीमा वेस्ट इण्डिजले उपाधि जितेको थियो। स्यामीले दुई पटक आईसीसी ट्रफी जित्न सफल भए।

महेन्द्र सिंह धोनी

भारतीय टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले कप्तानको रूपमा भारतीय क्रिकेटलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेले। धोनीले आफ्नो कप्तानीमा ठूला प्रतियोगितामा टिमलाई राम्रो प्रदर्शन गरेर ट्रफी समेत जिताए।

सन् २००७ को टी–२० विश्वकपमा धोनी पहिलो पटक आईसीसी टूर्नामेन्टमा कप्तान बने र उनले फाइनलमा पाकिस्तानलाई हराएर भारतलाई पहिलो टी–२० उपाधि जिताए। यस पछि २०११ को विश्वकपमा उनले भारतीय टीमको शानदार नेतृत्व गरे। २८ वर्षपछि भारतले वानडे विश्वकप जित्न सफल भयो।

२०१३ मा जब धोनीको कप्तानीको बारेमा प्रश्नहरू उठिरहेका थिए त्यो समयमा उनले भारतलाई आईसीसी च्याम्पियन्स ट्रफी जिताएर आलोचकहरूलाई जवाफ दिए। जुन उनको कप्तानीमा भारतको तेस्रो ट्रफी हो।

रिकी पोन्टिङ

रिकी पोन्टिलाई अन्तर्राष्ट्रिय क्रिकेटको सबैभन्दा सफल कप्तानको रूपमा लिइन्छ। उनले अष्ट्रेलियालाई उत्कृष्ट टीम बनाए। पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले चार पटक आईसीसी ट्रफी जित्यो।

पोन्टिङले अष्ट्रेलियालाई २००३ को विश्वकपमा भारतलाई हराएपछि पहिलो आईसीसी ट्रफी जिताएका थिए। त्यसपछि उनले २००६ मा च्याम्पियन ट्रफी, सन् २००७ मा वानडे विश्व कप र सन् २००९ मा आईसीसी च्याम्पियन्स ट्रफी जिताए।

पोन्टिङ सबैभन्दा बढी आईसीसी ट्रफी जित्ने कप्तान हुन्।

Loading...