भारतीय क्रिकेट टिमले पायो नयाँ बलिङ र फिल्डिङ प्रशिक्षक

काठमाडौं- श्रीलंका भ्रमणमा जाने भारतीय टिमको बलिङ र फिल्डिङ प्रशिक्षकको घोषणा गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईल)ले बलिङ र फिल्डिङ प्रशिक्षकको घोषणा गरेको हो ।

श्रीलंकासँगको एकदिवसीय र टी-२० म्याचका लागि बीसीसीसीआईले बलिङ कोचमा पारस म्हाम्ब्रे फिल्डिङ कोचमा टी दिलिपलाई नियुक्त गरेको हो ।

टिमका प्रमुख प्रशिक्षकमा भने राहुल द्रविड चयन भएका हुन् ।

रवि शास्त्रीसहित अन्य प्रशिक्षक इंग्ल्याण्डमा भएकाले बीसीसीआईले श्रीलंका भ्रमणका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।

३९ वर्षीय दिलिप हाल हैदराबाद टिमको फिल्डिङ प्रशिक्षक छन् । यसअघि उनी इण्डिया ‘ए’ टिममा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

भारचीय २० सदस्यीय टोली २७ जुनमा श्रीलंका प्रस्थान गर्दैछ । अहिले सबै खेलाडी मुम्बईमा आइसोलेसनमा बसिरहेका छन् । श्रीलंका भ्रमणमा टिम कप्तानीको जिम्मेवारी शिखर धवनलाई दिइएको छ ।

त्यस्तै, उपकप्तानको जिम्मेवारी तीव्र गतिका बलर भुवनेश्वर कुमारले पाएका छन् । भारतले जुलाईमा श्रीलंकासँग तीनतीन खेलको वानडे र टी-२० सिरिज खेल्नेछ ।

भारत र श्रीलंकाबीच १३ जुलाईदेखि १८ जुलाईसम्म वानडे सिरिज र २१ देखि २५ जुलाईसम्म टी-२० सिरिज हुनेछ ।

श्रीलंका भ्रमणमा जाने भारतीय टिम : शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड़, सूर्यकुमार यादव, मनीष पाण्डे, हार्दिक पाण्ड्या, नीतीश राणा, इशान किशन, सञ्जु सामसन, युजवेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गौतम, क्रुणाल पाण्ड्या, कुलदीप यादव, वरुण चक्रवर्ती, भुवनेश्वर कुमार, नवदीप सैनी, दीपक चाहर र चेतन सकारिया ।

नेट बलर्स : इशान पोरेल, सन्दीप वारियर, अर्शदीप सिंह, साई किशोर र सिमरजीत सिंह।

Loading...