न्यूजिल्याण्डसँग खेल्नुअघि लयमा जडेजा, खेले आक्रामक पारी

काठमाडौं : विश्व टेष्ट च्याम्पियनशिप फाइनल खेल्नका लागि अहिले भारतीय टिम इंग्ल्याण्डमा छ। च्याम्पियनशिप फाइनल १८ जुनदेखि २२ जुनसम्म साउथह्याम्टनमा हुँदैछ।

फाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्नेछ। न्यूजिल्याण्ड पनि अहिले इंग्ल्याण्डमै छ। त्यहाँ उसले घरेलु टोली इंग्ल्याण्डसँग दुई खेलको टेष्ट सिरिज खेल्दैछ। च्याम्पियनशिप फाइनल खेल्नुअघि भारतीय टिम अहिले अभ्यासमा व्यस्त छ।

अभ्यासकै क्रममा भारतीय टिमका विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्त, शुमन गिल, रविन्द्र जडेजाले शानदार ब्याटिङ गरिरहेका छन्।

अभ्यासकै क्रममा रवीन्द्र जडेजाले शानदार अर्धशतक बनाउका छन्। जडेजा विराट कोहलीको टीममा छानिएका छन्।

बीसीसीआईले एक भिडियो ट्वीट गरेको छ जसमा रविन्द्र जडेजाका शानदार शटहरू देखिन्छन्। बोर्डले भिडियो ट्वीट गर्दै लेखेको छ, ‘रविन्द्र जडेजाले इन्ट्रास्क्वाड म्याचको तेस्रो दिन ७६ बलमा ५४ रन जोडे। उनी बाहेक बलिङमा मोहम्मद सिराज चम्किएका छन्। सिराजले २ विकेट लिएका छन्।’

बीसीसीआईले यस खेलको बारेमा लगातार अपडेट दिइरहेको छ। दिनको खेल समाप्त हुँदा उसले भिडियो सेयर गरेर जानकारी दिँदै आएको हो।

योभन्दा अगाडि बीसीसीआईले एक भिडियो ट्वीट गर्दै टिमका विकेटकीपर/ब्याट्सम्यान ऋषभ पन्तले शानदार शतक बनाएको देखाएको थियो। पन्तले ९४ बलमा अविजित १२१ रनको पारी खेलेका थिए।

Loading...