विश्वका चार लोकप्रिय क्रिकेटर : जसलाई सबैले मन पराउँछन्

काठमाडौं– क्रिकेटको विश्वभर नै आफ्नै क्रेज छ। यद्यपि यो खेल केवल सीमित देशहरूमा मात्र खेलाइन्छ। तर, फ्यानहरू भने सबै विश्वभरि नै छन्।

खेलाडीहरूको खेल र उनीहरूको उत्कृष्ट खेलको कारण सबै ठाँउमा मनपराउने मानिसहरू भेटिन्छन्।

कतिपय खेलाडीहरू यस्ता छन् कि जसलाई घृणा गर्न धेरै गाह्रो छ। र, यही कारण उनीहरूलाई विश्वव्यापी क्रिकेट प्रशंसकहरूले मन पराउँछन्। आज हामी पाँच खेलाडीको बारेमा उल्लेख गर्दैछौं, जसलाई सबैले मन पराउँछन् :

एडम गिलक्रिस्ट

अष्ट्रेलियाका पूर्व विकेटकीपर ब्याट्सम्यान हुन्, एडम गिलक्रिस्ट। मैदानमा आक्रामक ब्याटिङ गर्ने शैलीका लागि उनी प्रख्यात छन्।

मैदानमा उनी धेरै शान्त र आदर्श व्यक्तिका रूपमा परिचित छन्। गिलक्रिस्टले आफ्नो ब्याटिङ र विकेटकीपिङका साथ विश्वव्यापी फ्यानहरू बनाए।

गिलक्रिस्टले मैदानमा धेरै पटक इमान्दारीताको व्यवहार देखाए। र, आउट हुँदा अम्पायरले आउट नदिएपनि आफैं पवेलियन गए। भारतमा गिलक्रिस्टका प्रशंसकहरूको अभाव छैन र उनले धेरै विकेटकीपर ब्याट्सम्यानका लागि रोल मोडेलको रूपमा काम गरेको छन्।

क्रिस गेल

वेस्ट इन्डिजका सर्वश्रेष्ठ ब्याट्सम्यान हुन्, क्रिस गेल। गेल मजाकिया र शान्त स्वभावसँग परिचित छन्। मैदान भित्र ठूला छक्का प्रहार गर्नु उनको विशेषता हो।

गेल साथी र प्रतिद्वन्द्वीहरूसँग ठट्टा गरिरहेका देखिन्छन्। मैदानबाट पनि गेल रमाईलो शैलीमा बस्दछन्। सोही कारण गेललाई मन पराउने व्यक्तिको संख्या धेरै छ।

केन विलियमसन

न्यूजिल्यान्डका कप्तान केन विलियमसनले आफ्नो उत्कृष्ट ब्याट्सम्यान हुन्। ब्याटिङका साथ विश्व क्रिकेटमा उनको ठूलो फ्यान फलोइङ छ। तर, उनले जहिले पनि टीमको चासो आफ्नो सामु राखेका छन्।

उनी कुनै न कुनै तरिकाले टीममा योगदान पु¥याउँछन्। विलियमसनलाई भारतमा धेरैले मन पराउँछन्। र, आईपीएलको समयमा उनलाई धेरलेै समर्थन गर्दछन्।

एबी डिभिलियर्स

पूर्व दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिभिलिअर्सलाई विश्वभरका समर्थकहरूले धेरै मन पराउँछन्। मैदानमा डिभिलियर्सको ब्याटिङ सबैले मन पराउँछन्। उनले रचनात्मक शटहरू खेल्छन्।

उनको शैली दर्शकहरूले धेरै मन पराउँछन्। डिभिलियर्सलाई भारतमा सबैले मन पराउँछन्। उनले सधैं खेलको मर्यादा कायम राखेका छन्। र, आफ्नो सर्वश्रेष्ठ प्रदर्शन दिएर दर्शकहरूको मन जितेका छन्।

Loading...