भारतसँग ‘च्याम्पियनशिप फाइनल’ खेल्न न्यूजिल्याण्डको टोली घोषणा

काठमाडौं । न्यूजिल्याण्डले भारतसँगको विश्व टेष्ट च्याम्पियनशिप फाइनलका लागि टिम घोषणा गरेको छ ।

न्यूजिल्याण्डले आज केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

च्याम्पियनशिप फाइनलमा पनि डेभन कन्वे र विल योङले निरन्तरता पाएका छन् । उनीहरूले इंग्ल्याण्डसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यस्तै, मिचेल सान्टनरको स्थानमा अजिज पटेलले मौका पाएका छन् । सान्टनरले चोटका कारण च्याम्पियनशिपको फाइनलमा मौका नपाएका हुन् ।

भारत र न्यूजिल्याण्डबीचको च्याम्पियनशिप फाइनल यही १८ जुनदेखि २२ जुनसम्म हुँदैछ । फाइनल म्याच इंग्ल्याण्डको साउथह्याम्टनमा हुनेछ ।

फाइनल म्याचका लागि दुवै टोली अहिले इंग्ल्याण्डमा छन् । भारतसँग फाइनल म्याच खेल्नुअघि न्यूजिल्याण्डले इंग्ल्याण्डसँगको टेष्ट सिरिज १-० ले जितेको छ ।

दुवै टोली उत्कृष्ट लयमा हरेकाले च्याम्पियनशिप फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

च्याम्पियनशिप फाइनलका लागि न्यूजिल्याण्डको टोली :

Loading...