पन्त भर्सेस राहुल : को उत्कृष्ट विकेटकीपर/ब्याट्सम्यान? यस्ता छन् दुवैका रेकर्ड

काठमाडौं– भारतीय टिमले महेन्द्र सिंह धोनीको संन्यासपछि टी-२० क्रिकेटमा दुई विकेटकीपरहरूको प्रयोग गरिरहेको छ।

टोलीले ऋषभ पन्तलाई पहिलो प्राथमिकता दिएको छ भने केएल राहुललाई दोस्रो प्राथमिकता दिएर जिम्मेवारी दिइरहेको छ।

यद्यपि पन्त विकेटकीपर ब्याट्सम्यान हुन्। अर्कोतर्फ राहुल पनि आंशिक समयका कीपर हुन्। तर, उनले यो जिम्मेवारीलाई धेरै गम्भीरताका साथ लिन्छन् र उनले विकेटकीपर धेरै ध्यान दिन्छन्। जब पन्तले लय बिग्रिन्छ। तब टोलीले राहुललाई विकेटकीपर रूपमा मौका दिन्छ।

पन्तले आफ्नो लय र फिटनेसमा ध्यान दिएर फेरि टीममा स्थान बनाएका छन्। यसैबीच केएल राहुलले केवल ब्याट्सम्यानको रूपमा खेल्ने अवसर पाएका छन्। यी दुबै खेलाडीहरूले आ–आफ्नो टिमको कप्तानीका साथ कीपिङ पनि गर्छन्।

भारतले अक्टुबरमा टी-२० विश्वकप खेल्नुपर्ने छ। र, विकेटकीपर ब्याट्सम्यानको रूपमा पन्त र राहुल कसलाई मौका दिने भन्ने टोलीले निर्णय गर्नुपर्नेछ।

ऋषभ पन्त

३३ टी–२० अन्तर्राष्ट्रियमा २१.३३ को औसत र १२३.०७ को स्ट्राइक रेटमा ५१२ इनिङ्सका बीच पन्तले २ अर्ध शतक बनाएका छन्। उनको सर्वाधिक रन स्कोर ६५ रहेको छ।

केएल राहुल

केएल राहुलले ८ टी–२० अन्तर्राष्ट्रियमा १२७ को स्ट्राइक रेट, ४३.५७ को औसतमा ३०५ रन बनाएका छन्। यसैबीच केएल राहुलले तीन अर्धशतक बनाएका छन् भने उनको उच्च स्कोर नटआउट ५७ हो।

यो आकडाकाअनुसार केएल राहुल अगाडि देखिउका छन्। तर, यो समयमा निकै लयमा रहेका कारण ऋषभ पन्त उत्तम विकल्प हुन्। जे भए पनि राहुलले एक ओपनर खेल्छन् भने पन्तले मध्य क्रममा खेल्छन्।

Loading...