पन्तको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा कति अर्धशतक र शतक?

काठमाडौं : ऋषभ पन्त भारतीय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान हुन्। यसका साथै उनी एक म्याच विनर खेलाडी पनि हुन्।

पन्तले घरेलु क्रिकेट र इन्डियन प्रिमियर लिग (आईपीएल) मा राम्रो प्रदर्शन गरेपछि भारतीय राष्ट्रिय टोलीमा परेका हुन्। भारतीय टिमका लागि पनि उनको प्रदर्शन राम्रै रहेको छ।

पन्तले पछिल्लो समयमा आफूलाई राम्रो प्रमाणित गरेका छन्। उनी एक्लैले पनि भारतीय टिमलाई जित दिलाउन सफल भएका छन्।

अष्ट्रेलिया र इंग्ल्याण्डसँगको सिरिजमा उनले उक्त कुराको राम्रोसँग प्रमाणित गरेका छन्। पन्तले डब्ल्यूटीसी फाइनलमा र न्यूजिल्यान्डविरुद्धको टेष्ट श्रृंखलामा पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।

उनले आफ्नो करियरमा अहिलेसम्म ७० खेल खेलेका छन्। जसमा उनले २ हजार ३०० भन्दा बढी रन बनाएका छन्। उनले तीन प्रारूपको क्रिकेटमा उत्कृष्ट पारी पनि खेलेका छन्।

पन्तले अहिलेसम्म आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा तीन शतक बनाएका छन्। उनले तीनै शतक टेष्ट क्रिकेटमा बनाएका हुन्।

पन्तले इंग्ल्याण्डविरुद्ध दुई शतक र अष्ट्रेलियाविरुद्ध एक शतक हिर्काएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट करियरमा उनको उच्च स्कोर नटआउट १६९ रन हो।

अन्तर्राष्ट्रिय क्रिकेट करियरमा पन्तले अहिलेसम्म तीनै ढाँचामा अर्धशतक हानेका छन्। पन्तले हालसम्म कूल ११ अर्धशतक बनाएका छन्।

पन्तले टेष्ट क्रिकेटमा ६, एकदिवसीय क्रिकेटमा ३ र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ अर्धशतक हिर्काएका छन्। उनको एकदिवसीय क्रिकेटमा उच्च स्कोर ७८ र टी–२० क्रिकेटमा ६५ रन हो।उनले टेष्टमा ३३, वानडे र टी–२० समान २१र२१ छक्का हिर्काएका छन्।

Loading...