आमिरले यस कारण संन्यास फिर्ता लिए

काठमाडौं : पाकिस्तान क्रिकेट टीमका तीव्र गतिका बलर मोहम्मद आमिरले संन्यास फिर्ता लिने भएका छन्। संन्यास फिर्ता लिँदै अन्तर्राष्ट्रिय क्रिक्रेटमा फर्किने उनले प्रतिक्रिया दिएका हुन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का सीईओ वासीम खानले आमिरको घरमै गएर कुरा गरेका थिए।

उक्त कुराकानीपछि आमिरले संन्यास फिर्ता लिँदै अन्तर्राष्ट्रिय क्रिक्रेटमा फर्किने निर्णय गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

संन्यास फिर्ता लिनुको कारण के हो? उनलाई एक टिभी अन्तर्वार्तामा यो पश्न सोधिएको थियो । जवाफमा आमिर भने, ‘सीईओ वासीम मेरो घर आउनु भएको थियो। उहाँलाई सबै कुरा भने उहाँले ध्यान दिएर सुन्नु भयो। उहाँले मलाई संन्यास फिर्ता लिन अनुरोध गर्नुभएको छ। सबै कुरा मिल्यो भने म संन्यास फिर्ता लिन्छु।’

आमिरले डिसेम्बर २०२० मा संन्यासको घोषणा गरेका थिए। २८ वर्षकै उमेरमा उनले सन्यास घोषणा गरेर पाकिस्तानको व्यवस्थापनलाई दोष दिएर आफ्नो अपमान गरेको आरोप लगाएका थिए।

आमिर पाकिस्तान टीमको चर्चित बलर हुन्। उनले टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। पीसीबीको सीईओ खानले टीममा आमिरको आवश्यकता परेको कारण उनलाई संन्यास फिर्ता लिन सुझाव दिएको बताइएको छ।

यसअघि पाकिस्तानका कप्तान बाबर आजमले मोहम्मद आमिरले संन्यास फिर्ता लिनु पर्ने बताएका थिए। उनले मौका मिल्ने वितिक्कै आमिरसँग कुराकनी गर्ने प्रतिक्रिया दिएका थिए।

Loading...