यी हुन् धोनीका नाममा रहेका ५ ठूला कीर्तिमान

काठमाडौं : महेन्द्रसिंह धोनी भारतटिमका पूर्वकप्तान हुन् । विकेटकीपर/ब्याट्सम्यानका रूपमासमेत धोनी परिचित छन्। धोनीलाई विश्वको सर्वश्रेष्ठ फिनिसरका रूपमा समेत लिने गरिन्छ।

तल्लो क्रममा ब्याटिङ गर्दै धेरै पटक भारतीय टीमलाई उपाधि समेत दिलाएका छन् धोनीले। धोनी विश्वको सर्वश्रेष्ठ कप्तानसमेत हुन्।आफ्नो कप्तानीमा उनले भारतलाई ठूलो सफलता दिएका छन्।

उनको नाम क्रिकेट इतिहासका महान् कप्तानको सूचीमा सूचीकृत छ। १५ अगस्ट २०२० मा धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। उनको क्रिकेटर करियर उत्कृष्ट रह्यो।

१६ बर्से लामो करिअर उनले भारतीय टीमबाट अन्तर्राष्ट्रिय क्रिक्रेट खेले। सन् २००४ डिसेम्बरमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका धोनीले भारतका लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९० टी–२० अन्तर्राष्ट्रिय खेल खेले।

त्यसक्रममा उनले टेस्टमा ४८ सय रन, एकदिवसीयमा १० हजार रन र टी–२० मा १६ सय रन कटाए। उनले टेस्टमा ६ शतक र एकदिवसीय खेलमा १० शतक प्रहार गरे। आज हामी धोनीका नाममा रहेको पाँच अन्र्तराष्ट्रिय रेकर्डको बारेमा जानकारी दिँदैछौं।

तीनवटा आइसीसी ट्रफी जित्ने कप्तान

धोनी आइसीसी ट्रफी भारतलाई तीनवटा उपाधि जिताउने एक्ला कप्तान हुन्। उनले विश्व टी–ट्वान्टी (सन् २००७) मा भारतलाई च्याम्पियन बनाए।

त्यसपछि २०११ को वल्र्ड कपमा भारतलाई २८ बर्षपछि (५० ओभरमा) अर्को महत्वपूर्ण जीतको स्वाद चखाए। सन् २०१३ मा च्याम्पियन्स ट्रफी पनि भारतको पोल्टामा पारे। उनी तीनवटा आइसीसी टुर्नामेन्ट जिताउने एक्ला कप्तानका रूपमा आफ्नो नाम लेखाएका छन्।

कप्तानका रूपमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय म्याच

धोनीले कप्तानका रूपमा ३ सय ३२ वटा अन्र्तराष्ट्रिय म्याच खेले। यसमा २ सय वानडे, ६० टेष्ट, ७२ टी–ट्वान्टी म्याच रहेका छन्।

यो उनको वल्र्ड रेकर्ड नै हो। उनीपछि अष्ट्रेलियाका रिकी पोन्टिङको नाम आउँछ। उनले ३ सय २४ म्याच खेलेका थिए।

सबैभन्दा बढी फाइनल खेल्ने कप्तान

धोनीले ६ मल्टिनेशनल वानडे टुर्नामेन्टसको फाइनलमा टोलीको प्रतिनिधित्व गरे। यी मध्ये चार वटा म्याच भारतका पक्षमा छन्।

उनी मल्टिनेशनल टुर्नामेन्टमा सबैभन्दा बढी फाइनल खेल्ने कप्तानमा पर्छन। कुल मिलाकर धोनीले २०० मध्ये १ सय १० म्याचमा जित दिलाए।

सबैभन्दा बढी स्टम्पिङ

महेन्द्रसिंह धोनीको नाममा अन्र्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी स्टम्पिङ गराउको रेकर्ड पनि दर्ज छ।

उनले १ सय २३ वटा स्टम्पिङ गराएका छन्। एक सय भन्दा बढी पटक बिपक्षी खेलाडीलाई स्टम्पिङ गराउने धोनी एक्ला खिलाडी हुन्।

धेरै पटक नट आउट

महेन्द्रसिंह धोनी ८४ वटा वानडे इन्टरनेशनल म्याचमा नट आउट रहे। उनी पछि दोस्रो नम्बरमा शान पालक ७२ पटक नट आउट रहे।

८४ पटक जब धोनी नट आउट रहे त्यसमध्ये ५१ पटक भारत रनको पिछा गरिरहेको थियो। ती मध्ये ४७ वटा भारतले जित्यो भने दुई वटा म्याच गुमायो।

Loading...