टेष्ट च्याम्पियनशिप फाइनल : भारतीय टोली घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले न्यूजिल्याण्डसँगको विश्व टेष्ट च्याम्पियनशिपको फाइनलका लागि टिम घोषणा गरेको छ ।

बीसीसीआईले आज विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

न्यूजिल्याण्डले पनि आज नै फाइनल म्याचका लागि टोली घोषणा गरेको छ । न्यूजिल्याण्डले केन विलियम्सनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

च्याम्पियनशिप फाइनलमा पनि डेभन कन्वे र विल योङले निरन्तरता पाएका छन् । उनीहरूले इंग्ल्याण्डसँगको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

त्यस्तै, मिचेल सान्टनरको स्थानमा अजिज पटेलले मौका पाएका छन् । सान्टनरले चोटका कारण च्याम्पियनशिपको फाइनलमा मौका नपाएका हुन् ।

भारत र न्यूजिल्याण्डबीचको च्याम्पियनशिप फाइनल यही १८ जुनदेखि २२ जुनसम्म हुँदैछ । फाइनल म्याच इंग्ल्याण्डको साउथह्याम्टनमा हुनेछ ।

फाइनल म्याचका लागि दुवै टोली अहिले इंग्ल्याण्डमा छन् । भारतसँग फाइनल म्याच खेल्नुअघि न्यूजिल्याण्डले इंग्ल्याण्डसँगको टेष्ट सिरिज १-० ले जितेको छ ।

दुवै टोली उत्कृष्ट लयमा हरेकाले च्याम्पियनशिप फाइनल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

फाइनलका लागि घोषित भारतीय टोली : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, हनुमा विहारी, ऋषभ पन्तत (विकेटकीपर), ऋद्धिमान साह, आर अश्विन, रवीन्द्र जडेजा, जसप्रीत बुमराह, इशान्त शर्मा, मोहम्मद शामी, उमेश यादव र मोहम्द सिराज ।

फाइनलका लागि न्यूजिल्याण्डको टोली :

Loading...