रोहितको ब्याटिङबारे यस्तो भन्छन् सचिन

काठमाडौं : न्यूजिल्यान्डविरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनल अघि भारतका पूर्व चर्चित क्रिक्रेटर सचिन तेन्दुलकरले रोहित शर्माबारे प्रतिक्रिया दिएका छन्। एएनआईसँग कुराकानी गर्दै तेन्दुलकरले शर्मा बारे प्रतिक्रिया दिएका हुन्।

तेन्दुलकरल शर्मा हतारमा नहुने र पूर्ण सेट भएपछि मात्र रन बनाउने बताए। इंग्ल्यान्डमा ड्यूकको बलको अगाडि खेल्न असहज हुने भएपनि रोहितले आफूलाई नियन्त्रणमा राखेर ध्यानपूर्वक ब्याटिङ गर्ने उनले बताए।

एएनआईसँग कुराकानीमा तेन्दुलकरले भने, ‘रोहित एक स्मार्ट खेलाडी हुन्। एक्सिलरेटरमा कहिले हिट गर्ने बारे उनलाई थाहा छ। उनीे पहिलो बलबाट ब्याटिङ आक्रामक ब्याटिङ गर्ने खेलाडी हेइनन्। पहिले कन्डिसन राम्ररी बुझ्ने, पिच कस्तो छ र अनि कस्तो बल आउँदैछ। रोहित पिचअनुसार आफ्नो खेल खेल्ने छन्।’

रोहितले २०१९ को विश्वकपमा पाँच शतक बनाएका थिए। ‘यस्तो अवस्थामा उनको अनुभव उपयोगी हुन सक्छ। यद्यपि त्यो एकदिवसीय क्रिकेट थियो र यो एक टेस्ट खेल हुनेछ। ड्युक बल रोहितको लागि चुनौती हुनेछ,’ उनले भने।

Loading...