बाबरलाई आउट गर्न यस्तो हुन्छ राशिदको योजना

काठमाडौं- अफगानिस्तानका लेगस्पिनर राशिद खान विश्वस्तरीय ब्याट्सम्यान बाबर आजमविरुद्ध बलिङ गर्दा आफ्नो शक्तिमा विश्वास गर्नु महत्त्वपूर्ण हुने बताएका छन्। पीएसएलमा कराची र लाहोरको खेल ठूलो प्रतिस्पर्धाको रूपमा लिइन्छ।

बिहीबार पीएसएलमा राशिदआवद्ध लाहोर कलन्दर्सले बाबरको कराची किंग्सविरुद्ध एक महत्वपूर्ण खेल खेलेको थियो।

लाहोर र डिफेन्डिङ च्याम्पियन्स कराची यस हप्ता आबुधाबीमा भिड्ने क्रममा विश्वका दुई उत्कृष्ट खेलाडी राशिदद खान र बाबर आजममा निर्भर हुनेछन् ।

क्रिकेट पाकिस्तानसँग कुराकानीमा बाबरको टिमविरुद्ध राशिदले भनेका छन्, ‘विपक्षी ब्याट्सम्यानको बल र कमजोरीको बारेमा अध्ययन गरे । तर, बाबरको क्षमतामा उनको ध्यान केन्द्रित छ । बाबर विश्वस्तरका खेलाडी हुन्। तर, एक बलरको रूपमा मेरो ध्यान मेरो बलमा हुन्छ। ब्याट्सम्यानको कमजोरीमा ध्यान केन्द्रित गर्छु। यसैले म राम्रो लाइन र लेन्थमा बलिङ गर्ने प्रयास गर्दछु।’

२२ वर्षीय राशिदले आफूसँग भएको गतिका साथै लाइन र लेन्थमा गलत नगर्ने बताए । यदि आफूले गल्ती गरेमा चुटिने सम्भावना धेरै रहेको पनि जिकिर गरे । उनले थपे, ‘मैले बाबरको खेल र योजना बुझ्नको लागि उनका भिडियोहरू हेरे। तर, म मेरो क्षमतामा विश्वास गर्दछु।’

पीएसएल २०२१ मा राशिद उत्कृष्ट बलर

लाहोर फ्रेन्चाइजीमा राशिद जोडिनु उनका लागि फलदायी सावित भएको छ । लाहोर अहिले पीएसएल २०२१ का दोस्रो स्थानमा छ । १६.५ को औसतमा ६ खेलमा ८ विकेट लिने राशिदको इकोनोमी दर ५.५ रहेको छ। जुन टूर्नामेन्टमा सर्वश्रेष्ठ हो।

यसैबीच, बाबर जारी सिजनको पीएसएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको शीर्ष स्थानमा छन्।

बाबरले ७ खेलमा १०५ को शानदार औसतमा १४० कोे स्ट्राइक रेटमा ४२४ र बनाएका छन् । उनीर पीएसएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। उनले १९४० रन बनाइसकेका छन्।

Loading...