यी तीन भारतीय ब्याट्सम्यान : जसले २००७ को विश्वकप खेलेर अझै संन्यास लिएका छैनन्

काठमाडौं– सन् २००७ लाई भारतीय क्रिकेट प्रेमिकाको दृष्टिकोणबाट दुई भागमा विभाजन गर्न सकिन्छ।

पहिलो चरणमा भारतले एकदिवसीय विश्वकपमा बंगलादेशको हातबाट निर्णायक हारको सामना गर्‍यो। र, टोलीको विश्वकप जित्ने सपना समाप्त भयो।

यस खराब प्रदर्शनका कारण भारतीय क्रिकेट प्रशंसकहरूले टीमको धेरै आलोचना गरे। उनीहरूले खेलाडीविरुद्ध प्रदर्शन गरे ।

आईसीसीले आयोजना गरेको सन् २००७ को टी-२० कपमा महेन्द्रसिंह धोनीको नेतृत्वमा टिमले पाकिस्तानलाई हराएर उपाधि जित्यो ।

टोलीका अनुभवी खेलाडीहरूले यस प्रतियोगितामा खेल्न अस्वीकार गरे। जसले गर्दा टीमका कप्तान र धेरै नयाँ खेलाडी भारतीय टीममा समावेश भए। टीमले प्रतियोगिता अवधिभर शानदार प्रदर्शन गर्‍यो । र, फाइनल पनि टिमको संयुक्त प्रदर्शनबाट जित्यो । विभिन्न खेलाडीहरूले त्यो विश्वकपमा महत्त्वपूर्ण भूमिका खेले ।

जे होस् यो धेरै लामो समय भएको छ । र, त्यो टीमका धेरै खेलाडीहरूले संन्यास लिइसकेका छन् । यद्यपि सो विश्वकप जिताएका केही खेलाडी भने अहिले पनि क्रिकेट खेलिरहेकै छन् । यसबीच, आज हामी तीन त्यस्ता खेलाडीको बारेमा चर्चा गर्दैछौं, जसले सन् २००७ को टी-२० विश्वकप खेलेर अहिले पनि क्रिक्रेट खेल्दै छन् :

रोबिन उथप्पा

भारतीय ब्याट्सम्यान रोबिन उथप्पाले सन् २००७ मा टी-२० विश्वकपमा नै आफ्नो अन्तर्राष्ट्रिय करियर सुरु गरे। उनले स्कटल्याण्डविरुद्धको खेलमा डेब्यू गरेका थिए । तर, वर्षाको कारण सो खेल स्थगित गरिएको थियो ।

सो विश्वकपमा उथप्पाले प्रतियोगितामा भारतका लागि महत्त्वपूर्ण इनिङ्स खेलेका थिए । उनले सो विश्वकपमा ७ खेलमा ११३ रन बनाए।

हाल उथप्पा भारतीय टीमको लागि खेलिरहेका छैनन् । तर, घरेलु क्रिकेटमा उनी अझै सक्रिय छन् ।

उथप्पाले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने आशा त्यागेका छैनन्। उनले भारतका लागि ४६ वानडे र १३ टी-२० म्याच खेलेका छन् ।

दिनेश कार्तिक

विकेटकीपर/ब्याट्सम्यान दिनेश कार्तिकले सन् २००४ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । उनले सन् २००६ मा भारतका लागि पहिलो टी-२० म्याच खेले ।

कार्तिक सन् २००७ मा भएको टी-२० विश्वकपमा पनि भारतीय टिमका हिस्सा रहेका थिए ।

सो विश्वकपमा महेन्द्रसिंह धोनीले विकेटकीपिङको जिम्मेवारी सम्हालेकाले कार्तिकले पर्याप्त म्याच खेल्न पाएनन् ।

उनले उक्त विश्वकपमा चार खेलको ३ इनिङ्समा २८ रन बनाए । कार्तिकले अन्तर्राष्ट्रिय क्रिकेटबाट अझै संन्यास लिएका छैनन् ।

उनले भारतका लागि ९४ एकदिवसीय, ३२ टी-२० र २६ टेष्ट म्याच खेलेका छन् ।

रोहित शर्मा

भारतीय टिमका सीमित ओभरका उपकप्तान रोहित शर्मा अहिले पनि टोलीका महत्वपूर्ण सदस्य हुन् । उनले पनि सन् २००७ मा भएको टी-२० विश्वकपमा भाग लिएका थिए ।

रोहितले सो विश्वकपमा इंग्ल्याण्डविरुद्ध डेब्यू गरेका थिए। यद्यपि उनले डेब्यू म्याचमा पनि ब्याटिङको अवसर पाएनन् ।

डेब्यू ब्याचमा ब्याटिङको मौका नपाए पनि सो विश्वकपका बाँकी खेलमा भने रोहितले ब्याटिङ गर्ने अवसर पाए ।

उनले सो विश्वकपमा चार खेलमा ८८ रन बनाए । उक्त विश्वकपमा उनको सर्वाधिक स्कोर नटआउट ५० रन थियो ।

हाल रोहित भारतको लागि तीनै प्रारूपको क्रिकेटमा ओपनिङ ब्याट्सम्यानको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले भारतका लागि २२७ वानडे, १११ टी-२० र ३८ टेष्ट म्याच खेलिसकेका छन् ।

Loading...