यी तीन भारतीय चर्चित क्रिकेटर : जो सर्वाधिक ‘म्यान अफ द सिरिज’ घोषित भए

काठमाडौं- टेष्ट क्रिकेटमा कुनै टिमको लागि एक खेलाडीको प्रदर्शनले मात्रै जित हात पार्न मुश्किल हुन्छ ।

सबै खेलाडीहरूले आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गरेपछि मात्र टिमले जित निकाल्छ । तर, कहिलेकाँही एक खेलाडीले एक म्याचमा मात्र नभई पूरै सिरिजमा उत्कृष्ट प्रदर्शन गर्छ ।

जब कुनै खेलाडीले लगातार खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्छ, तब उसलाई ‘म्यान अफ द सिरिज’ अवार्ड पनि दिइन्छ। कुनै एक खेलाडीलाई ‘म्याच अफ द म्याच’ प्राप्त गर्न सजिलो छ। तर ‘म्यान अफ द सिरिज’ प्राप्त गर्न धेरै गाह्रो छ।

किनभने त्यसका लागि खेलाडीहरुले सबै म्याचमा राम्रो खेल देखाउनुपर्ने हुन्छ। जसले पूरै सिरिजभरि उत्कृष्ट प्रदर्शन गर्छ त्यसले नै ‘म्यान अफ द सिरिज’को अवार्ड पाउने गर्छ। आज हामी टेष्ट क्रिकेटमा धेरै पटक ‘म्यान अफ द सिरिज’को अवार्ड जित्ने ३ भारतीय खेलाडीको बारेमा चर्चा गर्दैछौँ :

३. सचिन तेन्दुलकर

 भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरले क्रिकेटको इतिहासमा धेरै कीर्तिमानहरु आफ्नो नाममा गरेका छन् । सचिनले आफ्नो अन्तर्राष्ट्रि क्रिकेटमा सबैभन्दा बढी रनका साथै शतक पनि बनाएका छन् ।

सचिनले टेष्ट र वानडेमा सर्वाधिक रन बनाएका छन्। यस बाहेक उनले टेष्ट र एकदिवसीय खेलहरुमा कूल सय शतक पनि हिर्काएका छन्। उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी थिए।

तेन्दुलकरले टेष्ट क्रिकेटमा पनि धेरै आफ्नो नाममा गरेका छन् । उनले सन् १९८९ देखि २०१३ सम्मको बीचमा कूल २०० टेष्ट खेल खेलेका थिए।

जसमा सचिनले पाँच पटक ‘म्यान अफ द सिरिज’ अवार्ड जितेका थिए। तेन्दुलकरले भारतीय क्रिकेटको भार धेरै वर्षसम्म आफ्नो काँधमा बोकेका थिए।उनी एक्लैले भारतीय टिमलाई कयौँ म्याच जिताएका छन् ।

२. वीरेन्द्र सहवाग

सहवाग आफ्नो समयका विस्फोटक ब्याट्सम्यानका रुपमा चिनिन्थे। उनले टेष्ट क्रिकेटमा ब्याटिङको परिभाषा नै परिवर्तन गरेका थिए। सहवाग क्रिकेटको तीनै प्रारुपमा विस्फोटक ब्याटिङ गर्दथे ।

सहवागले टेष्ट क्रिकेटमा भारतका लागि दुई तेहोरो शतक पनि बनाएका छन्। उनले २००१-२०१३ का बीचमा भारतीय टिमका लागि १०४ टेष्ट म्याच खेलेका थिए। जसमा सहवागले पाँच पटक ‘म्यान अफ द सिरिज’को अवार्ड आफ्नो नाममा गरेका थिए ।

फाइल तस्बिर

१. रविचन्द्रन अश्विन

यस सूचीको शीर्ष स्थानमा भारतीय टिमका अफस्पिनर रविचन्द्रन अश्विन छन्। उनी भारतका लागि टेष्ट क्रिकेटमा सर्वाधिक पटक ‘म्यान अफ द सिरिज’ अवार्ड जित्ने खेलाडी हुन्। उनले अहिले सम्म कूल ७८ टेष्ट खेल खेलेका छन्।

जसमध्ये उनी ८ पटक ‘म्यान अफ द सिरिज’ बनेका छन्। अश्विन टेष्ट क्रिकेटमा भारतका मुख्य बलर हुन्। धेरै चोटि उनले महत्वपूर्ण विकेटहरू लिएर टोलीलाई विजयी बनाएका छन्।

केही वर्ष अगाडि अश्विन एकदिवसीय र टी-२० टिमको नियमित हिस्सा हुने गर्थे तर, कुलदीप यादव र युजवेन्द्र चहलको आगमनपछि उनी टिम बाहिर रहँदै आएका छन्।

तर, टेष्ट खेलहरुमा उनको प्रदर्शन उत्कृष्ट रहेको छ। उनी बलिङ र ब्याटिङबाट टिमलाई योगदान दिँदै आएका छन्।

Loading...