अफ्रिदीसँग रिसाए सरफराज, यस्तो छ कारण

काठमाडौं : पाकिस्तान टिमका पूर्वकप्तान सरफराज अहमद र लेफ्ट आर्म पेसर शाहीन शाह अफरीदीबीच विवाद भएको छ।

पाकिस्तान सुपर लिगमा मंगलबार लाहोर कलन्दर्स र क्वेटा ग्लेडिएटर्स बीचको खेल चलिरहेको बेला उनीहरूबीच विवाद भएको हो।

शाहीन अफ्रिदीको बाउन्सर बलले हेलमेटमा हिर्काएपछि सरफराज रिसाएका थिए। त्यसपछि मैदानमा दुई खेलाडीबीच झगडा भयो।

अफ्रिदी लाहोर कलन्दरका लागि बलिङ गर्दै थिए भने क्वेटा ग्लेडिएटर्सका कप्तान सरफराज ब्याटिङ गर्दै थिए। अफ्रिदी इनिङ्सको १९औं ओभरमा बलिङ गर्दै थिए ।

उनले पाँचौं बल सरफराजले राम्रोसँग खेल्न सकेनन्। र, बल सीधा उनको हेलमेटमा लाग्यो।

यसैबीच, सरफराज दौडे र एक रन पूरा गरे। जब उनी ‘नन स्ट्राइक’ को अन्त्यमा पुगेर उनले शाहीनलाई केहि भन्न थाले । र, उनले यसको जवाफ पनि दिए।

दुई खेलाडीबीच मौखिक युद्ध एक लामो समयको लागि जारी भयो । र, त्यसपछि मोहम्मद हफीजसहित बाँकी खेलाडीहरू आएर विवादलाई थप चर्किन दिएनन्।

अफ्रिदी पहिले आफ्नो बलिङ रन–अपमा जाँदै थिए। तर, मध्यबाट फिर्ता आए । र, सरफराजलाई जवाफ दिए।

सरफराजको टोलीले अन्ततः १८ रनले खेल जित्यो। यस पराजयपछि लाहोरको पोइन्ट टेबलको शीर्षमा पुग्ने आशामा ठूलो झट्का लागेको छ।

लाहोर अंक तालिकाको दोस्रो स्थानमा छ । क्वेटा भने पुछारमा छ ।

हेर्नुहोस् भिडियो :

Loading...