अफ्रिदीले छाने बेस्ट प्लेइङ-११, एक मात्र भारतीय खेलाडीलाई दिए मौका

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले आफ्नो अलटाइम बेस्ट-११ चयन गरेका छन् ।

उनले आफूले चयन गरेको बेस्ट प्लेइङ-११ मा एक मात्र भारतीय खेलाडीलाई मौका दिएका छैनन् ।

अफ्रिदीले पाकिस्तानका भने पाँच खेलाडीलाई प्लेइङ ११ समावेश गरेका छन् । उनले आफ्नो बेस्ट प्लेइङ-११ को कप्तान पाकिस्तान टिमका पूर्वब्याट्सम्यान इन्जमाम-उल-हकलाई बनाएका छन् ।

ओपनिङ ब्याट्सम्यानमा अफ्रिदीले पाकिस्तानका पूर्वओपनर सइद अनवर र अष्ट्रेलियाका एडम गिलक्रिस्टलाई चयन गरेका छन् । उनले अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङलाई तेस्रो स्थानमा समावेश गरेका छन् ।

अफ्रिदीले चौथौ स्थानमा सचिन तेन्दुलकरलाई स्थान दिएका छन् । उनले इन्जमाम, ज्याक कालिसलाई क्रमशः पाँच र छैठौँ स्थानमा मौका दिएका छन् ।

अफ्रिदीले विकेटकीपरको रूपमा राशिद तलीफलाई चयन गरेका छन् । उनले कुमार संगकारा र महेन्द्रसिंह धोनी जस्ता सफल विकेटकीपरलाई समावेश गरेका छैनन् ।

बलरको रूपमा उनले वसीम अकरम, सोयब अख्तर, ग्लेन म्याक्ग्रालाई स्थान दिएका छन् । स्पिनरको रूपमा अफ्रिदीले शेन वार्नलाई प्लेइङ-११ मा समावेश गरेका छन् ।

अफ्रिदीको बेस्ट प्लेइङ-११ : सईद अनवर, एडम गिलक्रिस्ट, रिकी पोनिटङ, सचिन तेन्दुलकर, इञ्जमामउलहक (कप्तान), ज्याक कालिस, राशिद लतीफ (विकेटकीपर), वसीम अकरम, ग्लेन म्याक्ग्रा, शेन वार्न र शोएब अख्तर ।

Loading...