WTC फाइनलका लागि भारतको प्लेइङ-११ घोषणा, यी खेलाडीले पाए मौका

काठमाडौं- विश्व टेष्ट च्याम्पियनशिपको फाइनलका लागि भारतले आफ्नो प्लेइङ-११ चयन गरेको छ ।

भारतले भोलि न्यूजिल्याण्डविरुद्ध हुने च्याम्पियनशिपको फाइनलका लागि प्लेइङ-११ घोषणा गरेको हो ।

भारतले ओपनिङमा रोहित शर्मा र शुभमन गिललाई मौका दिएको छ । उसले तीव्र गतिको बलरको रूपमा इशान्त शर्मा, जसप्रीत बुमराह र मोहम्मद शामीलाई मौका दिएको छ ।

विकेटकीपरमा ऋषभ पन्तले निरन्तरता पाएका छन् । अलराउन्डरको रूपमा रवीन्द्र जडेजा र रविचन्द्रन आश्विनले प्लेइङ-११ मा मौका पाएका छन् ।

पहिलो पटक हुन लागेको यो प्रतियोगिताको फाइनलमा भारत र न्यूजिल्याण्ड खेल्दैछन् ।

भारत र न्यूजिल्याण्डबीचको यो फाइनल म्याच नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि साउथह्याम्टनमा सुरु हुनेछ । दुवै टोली पहिलो संस्करणको च्याम्पियनशिपको उपाधि जितेर इतिहास रच्ने योजनामा छन् ।

वर्तमान समयमा न्यूजिल्याण्ड र भारत उत्कृष्ट लयमा रहेकामध्ये दुई टिम हुन् । अहिले आईसीसी टेष्ट वरियतामा न्यूजिल्याण्ड शीर्ष र भारत दोस्रो स्थानमा छ ।

न्यूजिल्याण्डले केही दिनअघि मात्र इंग्ल्याण्डविरुद्धको सिरिज १-० ले जितेको थियो । उत्कृष्ट लयमा रहेको न्यूजिल्याण्ड त्यही लय भारतविरुद्ध पनि दोहोर्‍याउन चाहन्छ ।

भारतले भने च्याम्पियनशिप फाइनलअघि टेष्ट सिरिज खेलेको छैन । यद्यपि, भारतीय टिमले कडा अभ्यास गरेको छ ।

भारतको प्लेइङ-११ : 

Loading...