टी-१० क्रिकेटमा एक टिम ६ रनमै अलआउट!

काठमाडौं- इसीएस टी-१० माल्टाअन्तर्गत एक म्याचमा गोजो टिम ६ रनमै अलआउट भएको छ । सुपर नाइट्स टिमले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको गोजो टिम ६ रनमै अलआउट भयो ।

गोजो टिमका ८ ब्याट्सम्यान शून्य रनमै आउट भए । दुई ब्याट्सम्यानले दुई/दुई रन बनाए । गोजोले दुई रन वाइडको मद्दतमा पाएको थियो ।

बलिङमा अशोक बिश्नोईले २ ओभरमा तीन रन दिएर ६ विकेट लिए । त्यस्तै, रेन्सी जेकब र एस सिंहले दुई/दुई विकेट लिए ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको सुपर नाइट्सले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर २ सय रन बनायो ।

उसका लागि आफताब खानले अविजित ७९, बिक्रम अरोन्डाले ५५ रन बनाए । यसका अलवा गोजो टिमले ३३ रन अतिरिक्त दिएको थियो । यसमा २५ वाइड, ६ नो बल र दुई बाय सामेल छ ।

बलिङमा गोजोका मिल्टन देवसिया, तनु बाबू र शिविले एक/एक विकेट लिए । गोजो टिमका बलर जनक भण्डारीले ३८ र जेरिन चेकबले एकै ओभरमा ३४ रन खर्चिए ।

Loading...