यसरी हेर्नुहोस् भारत र न्यूजिल्यान्डबीचको WTC फाइनल

काठमाडौं : भारत र न्यूजिल्यान्डबीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको अन्तिम खेल आज देखि हुँदैछ। डब्ल्यूटीसी फाइनल खेल इंग्ल्यान्डको साउथम्प्टनमा ह्याम्पशायर मैदानमा हुँदैछ।

यी दुई देशबीचको फाइनल खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखिसुरु हुनेछ। टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक विश्व टेस्ट च्याम्पियनशिप आयोजना भइरहेको छ।

त्यसैले यो खेल विशेष छ। भारत र न्यूजिल्यान्ड डब्ल्यूटीसीको उपाधि हात पार्न निकै मेहनत गर्ने छन्। यदि तपाईं क्रिकेट प्रेमि हुनुहुन्छ भने भारत र न्यूजिल्यान्डबीचको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल खेल प्रत्यक्ष हेर्न सक्नुहुनेछ।

यसरी हेनुहोस् फाइनल खेल 
भारत र न्युजिल्यान्डबीच पहिलो पटक आयोजना भइरहेको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल ‘स्टार स्पोर्ट्स नेटवकर्’मा प्रत्यक्ष देख्न सकिन्छ।

तपाईं स्टार स्पोर्ट्सका बिभिन्न च्यानलहरूमा बिभिन्न भाषाहरुमा यो खेलको कमेन्ट्री सुन्नुहुनेछ। डब्ल्यूटीसीको फाइनल म्याचको प्रत्यक्ष प्रसारण ‘डीडी स्पोर्ट्स’मा पनि हेर्न सक्नुहुनेछ।

भारतको प्लेइङ–११
रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह।

न्यूजिल्याण्डको सम्भावित प्लेइङ–११
टम लाथम, डेभन कन्वे, केन विलियम्सन (कप्तान), रोस टेलर, विल योङ, बीजे वाटलिङ (विकेटकीपर), अजाज पटेल, काइल जेमिसन, ट्रेन्ट बोल्ट, टिम साउथी र नील वाग्नर।

Loading...