WTC फाइनल : सिराजलाई प्लेइङ–११ मा समावेश गर्नु पर्ने माग

काठमाडौं : भारत र न्यूजिल्यान्डबीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको अन्तिम खेल आज देखि हुँदैछ। नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि इंग्ल्यान्डको साउथम्प्टनमा खेल सुरु हुनेछ।

भारतले न्यूजिल्यान्डविरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशिप फाइनल (डब्ल्यूटीसी) खेल्ने इलेवनको घोषणा गरिसकेको छ। यस टोलीमा धेरै उत्कृष्ट खेलाडीहरू सामेल गरिएको छ। तर, केहि अनुहारहरू छन् जसले प्लेइङ–११ मा स्थान बनाउन सकेनन्।

दुई स्पिनर भारतीय टीममा राखिएको छ। हनुमा विहारीलाई टिमको हिस्सा बनाइएको छैन। हनुमा विहारी केही समयका लागि इंग्ल्यान्डमा काउन्टी क्रिकेट पनि खेल्दै थिए। तर उनी अन्तिममा भारतको प्लेइङ–११ मा परेनन्।

दुबै स्पिनर रविन्द्र जडेजा र रविचन्द्रन अश्विन भने प्लेइङ–११ मा परेका छन्। यसबाहेक मोहम्मद शामी, जसप्रीत बुमराह र इशान्त शर्मालाई तीव्र बलरको रूपमा समावेश गरिएको छ। मोहम्मद सिराज र शार्दुल ठाकुर जस्ता खेलाडीलाई समावेश गरिएको छैन।

भारतको प्लेइङ–११
रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह।

तर, मोहम्मद सिराजलाई प्लेइङ–११ मा नराखेको भन्दै ट्वीटरमा प्रतिक्रिया आउन थालेका छन्।

 

Loading...