‘क्लोज क्याम्प’का लागि क्यानले बोलायो २० खेलाडी, को-कोले गरे कमब्याक? (सूचीसहित)

काठमाडौं- स्पेनमा हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाएको छ ।

क्यानले आज २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षण आइतबारबाट सुरु हुँदैछ । शरद भेषवाकरले डेढ वर्षपछि बन्द प्रशिक्षणमा कमब्याक गरेका छन् ।

पृथु बास्कोटाले पनि लामो समयपछि बन्द प्रशिक्षणमा स्थान बनाएका छन् । साथै, चोटका कारण वैशाखमा भएको टी-२० सिरिज गुमाएका पारस खड्का पनि टोलीमा फर्किएका छन् ।

त्यस्तै, वैशाखमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल र आशिफ शेखले पनि वानडे टिममा मौका पाएका छन् ।

नेपालले आउँदो जुलाईको अन्तिमतिर स्कटल्याण्ड र नामिबियासँग सिरिज खेल्दैछ । विश्वकप लिग-२ अंकतालिकाको शीर्ष ३ स्थानमा रहन सके नेपालले सन् भारतमा आयोजना हुने २०२३ एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता खेल्न पाउनेछ भने विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी : ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, शरद भेषवाकर, दिपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल मल्ल, पृथु बास्कोटा, विनोद भण्डारी, सन्दीप जोरा, करण केसी, सोमपाल कामी, पवन सराफ, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी र विक्रम सोब ।

सूची :

Loading...