यी चार नेपाली क्रिकेटर : जो सर्वाधिक शून्यमै आउट भए

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटरका नाममा विभिन्न कीर्तिमान छन् ।

हालसम्म २० भन्दा बढी खेलाडीले अन्तर्राष्ट्रिय टी-२० म्याच खेलिसकेका छन् । त्यसक्रममा धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका छन् ।

केही खेलाडी भने खराब प्रदर्शनका कारण टिमबाट बाहिरिएका पनि छन् । यद्यपि केही खेलाडीले भने निरन्तर राम्रो प्रदर्शन गर्दै आएका छन् ।

यद्यपि छोटो इतिहासमा नेपाली खेलाडीको नाममा राम्रा/नराम्रा कीर्तिमान छन् ।

यसैबीच, आज टी-२० क्रिकेटमा नेपालको तर्फबाट सर्वाधिक शून्यमै आउट हुने चार खेलाडीको चर्चा गर्दैछौँ :

१. प्रदीप ऐरी : नेपालका लागि टी-२० अन्तर्राष्ट्रय क्रिकेटमा सबैभन्दा बढी शून्य आउट हुने खेलाडीको शीर्ष स्थानमा प्रदीपसिंह ऐरीको नाम आउँछ ।

उनी सर्वाधिक चार पटक शून्यकोे स्कोरमै आउट भएका छन् ।

प्रदीपले सन् २०१५ देखि २०१९ सम्म ११ म्याचको ११ पारीमा ८७ रन बनाएका छन् । जसमा उनको उच्च स्कोर २९ रन रहेको छ ।

२. पारस खड्का : यो सूचीको दोस्रो स्थानमा पूर्वकप्तान पारस खड्काको नाम आउँछ । उनी हालसम्म सर्वाधिक तीन पटक शून्यको स्कोरमै आउट भएका छन् ।

पारसले आजसम्म नेपालका लागि ३३ म्याचको ३२ पारीमा ७ सय ७९ रन बनाएका छन् । उनको अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च स्कोर १ सय ६ रन हो ।

३. पवन सराफ : नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा शून्यमै आउट हुने तेस्रो खेलाडी पवन सराफ हुन् । उनी आजम्म तीन पटक खाता नखोलरै आउट भएका छन् ।

पवनले नेपालका लागि आजसम्म १२ म्याचको ११ पारीमा १ सय ४ रन बनाएका छन् । जसमा उनको वेष्ट स्कोर २७ रनको हो ।

४. दुई पटक शून्यमै आउट हुने चार खेलाडी

१. करण केसी : करण केसी आजसम्म अन्तर्राष्ट्रय क्रिकेटमा २ पटक शून्यको स्कोरमा आउट भइसकेका छन् ।

करणले नेपालका लागि आजसम्म ३३ म्याचको २० पारीमा २ सय २८ रन बनाएका छन् । उनको उच्च स्कोर ४५ रन हो ।

२. सुशान भारी : सुशान भारी नेपालका लागि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आजम्म दुई पटक शून्यमै आउट भएका छन् ।

भारीले आजसम्म ९ म्याचको ५ पारीमा १ रन बनाएका छन् ।

३. अविनाश बोहरा : अविनाश टी-२० अन्तर्राष्ट्रय क्रिकेटमा आसम्म दुई पटक आफ्नो खाता नखोलेरै आउट भएका छन् ।

Photo : Bishal, The Photographer

४. सन्दीप लामिछाने : सन्दीप लामिछाने आफ्नो टी-२० अन्तर्राष्ट्रय करियरमा आजसम्म दुई पटक शून्यको स्कोरमा आउट भएका छन् ।

सन्दीपले नेपालका लागि आजसम्म २५ म्याचको ९ पारीमा २० रन बनाएका छन् । उनको वेष्ट स्कोर ९ रन हो ।

Loading...