टेष्ट क्रिकेटमा शेफाली वर्माले बनाइन् नयाँ कीर्तिमान

काठमाडौं : भारतीय महिला क्रिकेट टिमकी ओपनर शेफाली वर्माले नयाँ कीर्तिमान बनाएकी छन्। उनले डेब्यू टेष्टको दुवै पारीमा अर्धशतकीय पारी खेल्दै नयाँ कीर्तिमान बनाएकी हुन्।

शेफाली अब कम उमेरमा टेष्ट क्रिकेटको डेब्यू म्याचको दुवै पारीमा अर्धशतक बनाउने पहिलो महिला क्रिकेटर बनेकी छन्। १७ वर्षीया वर्माले इंग्ल्याण्डसँगको टेष्ट सिरिजमा यो उपलब्धि हासिल गरेकी हुन्।

यसअघि, टेष्ट क्रिकेटको डेब्यू म्याचको दुवै पारीमा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान अष्ट्रेलियाकी लुईस जोनासनको नाममा थियो। उनले २२ वर्षको उमेरमा सो उपलब्धि हासिल गरेकी थिइन् । तर, अब उनको रेकर्ड शेफालीले तोडेकी छन्। उनी डेब्यू म्याचको दुवै पारीमा अर्धशतक बनाउने चौथो ब्याट्सउमन हुन्।

यसअघि जेसिका लुईस, श्रीलंकाकी वेनेसा बोवेन र इंग्ल्याण्डकी लेस्ले कूकले यो उपलब्धि हासिल गरिसकेका छन्। शेफालीले डेब्यू टेष्टको पहिलो पारीमा ९४ र दोस्रो पारीमा ५५ रनमा अविजित छिन्। उनी वर्तमान समयमा ब्याटिङतर्फ आईसीसी टी-२० वरियताको शीर्ष स्थानमा पनि छिन्।

Loading...