‘रन मेशिन’ कोहलीको नाममा बन्यो खराब कीर्तिमान

काठमाडौं- भारतीय टिमका कप्तान विराट कोहलीले टेष्ट क्रिकेटमा खराब कीर्तिमान बनाएका छन् । उनले टेष्टमा धेरै पटक शून्यमै आउट हुने कप्तानको खराब कीर्तिमान बनाएका हुन् ।

इंग्ल्याण्डसँगको टेष्ट सिरिजको चौथो म्याचको पहिलो इनिङ्समा शून्यमै आउट भएसँगै विराटले यो खराब कीर्तिमान बनाए । अब उनी टेष्टमा सर्वाधिक शून्यमै आउट हुने पहिलो भारतीय कप्तान बनेका छन् ।

यसअघि, भारतीय टिममा टेष्टमा कप्तानको रूपमा सर्वाधिक शून्यमै आउट हुने कीर्तिमान महेन्द्रसिंह धोनीको नाममा थियो ।

अब धोनीको सो कीर्तिमान विराटले बराबर बनाएका छन् । यी दुवै खेलाडी टेष्टमा ८/८ पटक खाता नखोल्दै आउट भएका छन् ।

त्यस्तै, विराट अन्तर्राष्ट्रिय क्रिकेटको तिनै फर्म्याटमा १३ पटक शून्यमै आउट भएका छन् । योसँगै उनले पूर्वकप्तान सौरभ गांगुलीको खराब कीर्तिमान पनि बराबर बनाएका छन् । सौरभ पनि अन्तर्राष्ट्रिय क्रिकेटमा १३ पटक शून्यमै आउट भएका थिए ।

Loading...