भारतीय टीमको कप्तानी गर्ने अवसर नपाएका दुई अभागी सिंह

काठमाडौं : धेरै क्रिकेटरले आफ्नो टीमका लागि महत्वपूर्ण योगदान दिएका छन्। र, उनीहरूले लगातार उत्कृष्ट प्रदर्शनका साथ सबैको मन जितेका छन्। उनीहरूको अनुभवमा पनि कहिले कमि भएन्। तर, अनुभव हुँदा हुँदै कतिपय खेलाडी राष्ट्रिय टोलीका कप्तान बन्न सकेका छैनन्।

उनीहरूले आफ्नो सम्पूर्ण अन्तर्राष्ट्रिय करियर पार गरे पछि पनि आफ्नो टीमको नेतृत्व लिने मौका पाएनन्। यदि भारतीय टीमको कुरा गर्ने हो भने सौरभ गांगुली र महेन्द्रसिंह धोनी अहिलेसम्मका सबैभन्दा सफल कप्तान साबित भएका छन्।

गांगुलीले भारतीय टीमलाई विदेशमा जित्न सिकाएका थिए भने धोनी पहिलो तीन आईसीसी ट्रफी जिताउने पहिलो कप्तान हुन्। वर्तमान कप्तान विराट कोहली पनि एक जबरजस्त तरिकामा कप्तानी गर्छन्।

उनले कप्तानको रूपमा सबैभन्दा बढी टेस्ट खेलहरू जिताएका छन्। सामान्यतया टीमको सर्वश्रेष्ठ खेलाडीलाई कप्तान बनाइन्छ। तर, भारतीय टीममा धेरै महान क्रिकेटरहरू छन् जसले कप्तानको मौका पाएनन्। आज हामी दुई चर्चित क्रिकेटरको बारेमा जानकारी दिँदैछौं, जसले भारतीय वानडे टिमको कप्तानको मौका पाएनन्।

हरभजन सिंह
‘भज्जी’ भनेर चिनिने हरभजन सिंहले भारतीय टीमका लागि २३६ खेल खेलेका छन्। उनी भारतका सबैभन्दा सफल अफ स्पिनर हुन्। र, उनले वानडेमा २६९ विकेट लिएका छन्। २०११ विश्वकपको क्रममा उनी भारतीय टीमका सदस्य थिए।

यस बाहेक उनले धेरै अवसरमा भारतलाई उपाधि जिताउन सहयोग गरेका छन्। उनी लामो समयदेखि भारतीय टीसँग सम्बन्धित थिए। र, राम्रो प्रदर्शन गरिरहे। यसको बाबजुद पनि उनी कहिल्यै भारतीय टीमका कप्तान हुन सकेनन्।

यद्यपि यो होइन कि ‘भज्जी’ले कहिले पनि कुनै टोलीको कप्तान बनेका छैनन्। उनले आईपीएलमा मुम्बई इन्डियन टीमको नेतृत्व गरेका थिए। र, २०११ मा उनले मुम्बईलाई च्याम्पियन्स लिग टी–२० को उपाधि जिताएका थिए।

युवराज सिंह
युवराज सिंह कहिल्यै भारतीय टीमको कप्तान बन्न सकेनन्। ‘युवी’ले २००० मा आईसीसी नक आउट टूर्नामेन्ट (आईसीसी च्याम्पियन्स ट्रफी) बाट अन्तर्राष्ट्रियमा डेब्यू गरे। त्यस समयमा भारतीय टीमका कप्तान सौरभ गांगुली थिए।

यस बाहेक सिंहले २००७ को आईसीसी विश्व टी–२० मा च्याम्पियनको भूमिका पनि खेलेका थिए। युवराज सिंहले २०११ को विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरे। र, म्यान अफ द टूर्नामेन्ट चुनिए।

२००७ को आईसीसी क्रिकेट विश्वकपमा भारतीय टीमले नराम्रो प्रदर्शन गर्यो। जसको कारण राहुल द्रविडले कप्तानत्व गुमाउनु परेको थियो। यसपछि बीसीसीआईले महेन्द्र सिंह धोनीमाथि विश्वास फिर्ता लिए।

र, युवीलाई उप–कप्तानको जिम्मा लगायो। सिंहले ३०४ वानडे खेल खेले। तर, उनलाई भारतीय टीमको कप्तानको मौका कहिल्यै दिएन्। यद्यपि युवीले आईपीएलमा किंग्स इलेवन पंजाब र पुणे वारियर्स भारतको नेतृत्व गरेका थिए।

Loading...