WTC फाइनल : न्यूजिल्याण्डले जित्यो टस, यस्तो छ दुवै टीमको प्लेइङ-११

काठमाडौं- भारत र न्यूजिल्याण्डबीचको वर्ल्ड टेष्ट च्याम्पियनशिपको फाइनल आजदेखि सुरु भएको छ । वर्षाका कारण हिजो सुरु नभएको च्याम्पियनशिप फाइनल आजदेखि सुरु भएको हो ।

फाइनलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ ।

दुवै टोली पहिलो संस्करणको च्याम्पियनशिपको उपाधि जितेर इतिहास रच्ने योजनामा छन् ।

वर्तमान समयमा न्यूजिल्याण्ड र भारत उत्कृष्ट लयमा रहेकामध्ये दुई टिम हुन् । अहिले आईसीसी टेष्ट वरियतामा न्यूजिल्याण्ड शीर्ष र भारत दोस्रो स्थानमा छ ।

न्यूजिल्याण्डले केही दिनअघि मात्र इंग्ल्याण्डविरुद्धको सिरिज १-० ले जितेको थियो । उत्कृष्ट लयमा रहेको न्यूजिल्याण्ड त्यही लय भारतविरुद्ध पनि दोहोर्‍याउन चाहन्छ ।

भारतले भने च्याम्पियनशिप फाइनलअघि टेष्ट सिरिज खेलेको छैन । यद्यपि, भारतीय टिमले कडा अभ्यास गरेको छ ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह।

न्यूजिल्याण्डको प्लेइङ-११ : टम लाथम, डेभन कन्वे, केन विलियम्सन (कप्तान), रस टेलर, हेनरी निकोल्स, बीजे वाटलिङ (विकेटकीपर), कोलिनडी ग्रान्डहोम, एजाज पटेल, काइल जेमिसन, ट्रेन्ट बोल्ट, टिम साउथी र नील वाग्नर ।

Loading...