WTC फाइनल : भारतीय खेलाडीले हातमा किन कालो ब्यान्ड लगाए?

काठमाडौं : भारत र न्यूजिल्यान्डबीच आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनल खेल आजदेखि सुरु भएको छ।

शुक्रबार खेलको पहिलो दिन वर्षा भएर खेल स्थगित भयो। तर, दोस्रो दिन दुबै टोलीका कप्तानहरू समयमै टस गर्न बाहिर आए र खेल पनि समयमै सुरु भयो।

न्यूजिल्यान्ड टिमका कप्तान केन विलियमसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। र, अहिले न्यूजिल्यान्डले बलिङ गरिरकेको छ।

टिमको राष्ट्रिय गानमा सबै भारतीय खेलाडीहरूले हातमा कालो ब्यान्ड लगाएका थिए। खेलाडीले हातमा कालो ब्यान्ड किन लगाएको भनेर सबैले आश्चर्यता प्रकट गरेका थिए।

यसैबीच, भारतीय क्रिकेट बोर्डले ट्वीट गरी यो कालो ब्यान्ड बाँध्ने बारेमा जानकारी दिएको छ। देशका महान ओलम्पियन मिल्खा सिंहको मृत्युमा शोक व्यक्त गर्न भारतीय खेलाडीहरूले कालो ब्यान्ड बाँधेका बीसीसीआईले जनाएको छ।

भारतका एक महान एथलीटक मिल्खा सिंहको शुक्रवार ९१ वर्षको उमेरमा निधन भएको थियो। उनी कोभिडसँग जुधिरहेका थिए। मिल्खा सिंहकी श्रीमती निर्मलको पनि पाँच दिन अघि कोभिडका कारण मृत्यु भएको थियो।

मिल्खा सिंहले एसियाली खेलकुदमा चार स्वर्ण पदक जितेका थिए। उनले १९६० को रोम ओलम्पिकमा ४०० मिटर फाइनलमा चौथो स्थान प्राप्त गरे। भारतीय क्रिकेटरले मिल्खा सिंह र उनको परिवारको निधनमा शोक व्यक्त गरेको हो।

बीसीसीआईले एक ट्वीट पनि जारी गर्दै लेखेको छ, ‘भारतीय टोली मिल्खा सिंह जीको स्मृतिमा कालो ब्यान्ड हातमा बाँधेर मैदानमा उत्रेको हो। मिल्खा सिंह जीको कोरोना संक्रमणको कारण मृत्यु भयो। खेल सुरु हुनुभन्दा अघि भारतीय टीमले सिंह जीको मृत्युमा शोक व्यक्त गरे।’

Loading...