विराटले रचे इतिहास, तोडे धोनीको महत्वपूर्ण कीर्तिमान

काठमाडौं- भारत र न्यूजिल्याण्डबीचको विश्व टेष्ट च्याम्पियनशिपको फाइनल आजदेखि सुरु भएको छ। वर्षाका कारण हिजो सुरु नभएको च्याम्पियनशिप फाइनल आजदेखि सुरु भएको हो।

फाइनलमा न्यूजिल्याण्डले टस जितेर बलिङ रोजेको छ । दुवै टोली पहिलो संस्करणको च्याम्पियनशिपको उपाधि जितेर इतिहास रच्ने योजनामा छन्।

वर्तमान समयमा न्यूजिल्याण्ड र भारत उत्कृष्ट लयमा रहेकामध्ये दुई टिम हुन्। अहिले आईसीसी टेष्ट वरियतामा न्यूजिल्याण्ड शीर्ष र भारत दोस्रो स्थानमा छ।

कोहलीले रचे इतिहास

भारतीय टिमका विराट कोहलीले नयाँ कीर्तिमान बनाएका छन् । उनले भारतको लागि टेष्टमा सबैभन्दा बढी खेलको कप्तानी गर्ने कीर्तिमान बनाएका हुन् ।

विराटले टेष्ट टिमको कप्तानी सम्हालेको यो ६१ औँ खेल हो। योसँगै उनले पूर्वकप्तान महेन्द्रसिंह धोनीको रेकर्ड तोडेका छन्।

धोनीले टेष्टमा ६० म्याचमा भारतीय टिमको कप्तानी गरेका थिए । उनको कप्तानीमा भारतले २७ मा जित र १८ टेष्टमा हार ब्यहोरेको थियो ।

कोहलीको कप्तानीमा यो टेष्ट खेलअघि भारतीय टीमले ३६ टेष्ट जित्दा १४ म्याचमा हारको सामना गरेको छ ।

भारतको प्लेइङ-११  : रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह।

न्यूजिल्याण्डको प्लेइङ-११ : टम लाथम, डेभन कन्वे, केन विलियम्सन (कप्तान), रोस टेलर, हेनरी निकोल्स, बीजे वाटलिङ (विकेटकीपर), कालिन डी ग्रेडहोम, अजाज पटेल, काइल जेमिसन, ट्रेन्ट बोल्ट, टिम साउथी र नील वाग्नर।

Loading...