भारतको राम्रो सुरुवातपछि न्यूजिल्याण्डको शानदार ‘कमब्याक’

काठमाडौं- भारत र न्यूजिल्याण्डबीचको विश्व टेष्ट च्याम्पियनशिपको फाइनल साउथह्याम्पटनमा जारी छ । पहिलो दिन वर्षाले स्थगित भएको खेल दोस्रो दिनबाट सुरु भएको हो ।

टस हारेर ब्याटिङको मौका पाएको भारतले राम्रो सुरुवात गर्‍यो । उसले २० ओभरसम्म बिनाविकेट ६२ रन जोडेको थियो । तर, पछिल्लो ८ ओभरमा उसले महत्वपूर्ण दुई विकेट गुमाउन पुग्यो ।

भारतले ओपनरद्वय रोहित शर्मालाई ३४ र शुभमन गिललाई २८ रनमा गुमाएको हो । रोहितलाई कायल जेमिसन र गिललाई निल वाग्नरले आउट गरेका हुन् ।

भारतले लन्च समयसम्म २ विकेटको क्षतिमा ६९ रन बनाएको छ । अहिले क्रीजमा कप्तान विराट कोहली र चेतेश्वर पुजारा छन् ।

रोहितले गिलसँग ६२ रनको साझेदारी गरे ।

भारतको प्लेइङ-११ : रोहित शर्मा, शुमन गिल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाणे, ऋषभ पन्त (विकेटकीपर), रवीन्द्र जडेजा, रविचन्द्र अश्विन, मोहम्मद शामी, इशान्त शर्मा र जसप्रीत बुमराह।

न्यूजिल्याण्डको प्लेइङ-११ : टम लाथम, डेभन कन्वे, केन विलियम्सन (कप्तान), रोस टेलर, हेनरी निकोल्स, बीजे वाटलिङ (विकेटकीपर), कालिन डी ग्रेडहोम, अजाज पटेल, काइल जेमिसन, ट्रेन्ट बोल्ट, टिम साउथी र नील वाग्नर।

Loading...