WTC फाइनल : विराटको ब्याटिङबारे यसो भन्छन् पाकिस्तानका पूर्वक्रिकेटर

काठमाडौं- विश्वकप टेष्ट च्याम्पियनशिप फाइनलमा न्यूजिल्यान्डविरुद्ध भारत ब्याटिङ गरिरहेको छ। टस हारेर ब्याटिङ सुरु गरेको भारतले तीन विकेट गुमाएको छ ।

भारतको पारीलाई कप्तान विराट कोहलीले सम्हालिरहेका छन्।

पहिलो पारीमा उनको ब्याटिङबाट पूर्वपाकिस्तानी खेलाडी सलमान बट्ट प्रभावित छन्। बटले कोहलीले चुनौतीपूर्ण अवस्थाको बाबजुद उत्कृष्ट खेलेको भन्दै प्रशंसा गरेका छन् ।

उनले युट्युब च्यानलमा कुराकानीको क्रममो कोहलीबारे प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘कोहलीले खेल राम्ररी हेरे। उत्कृष्ट ब्याटिङ गरिरहेका छन्।’ उनले कोहलीलाई उपकप्तान अजिंक्य रहाणेले राम्रो साथ दिइरहेको समेत बताए।

कोहलीले ४४ रनको इनिङ्समा केवल केवल एक चौका मात्रै प्रहार गरको बारे बटले भने, ‘उनी धेरै सचेत भएर खेलिरहेका छन्। क्रिकेटलाई बुझ्नेहरू भन्दै होलान यस्तो चुनौतीपूर्ण अवस्थामा यसरी नै खेल्नु आवश्यक छ।’

खेल सुरु भएको पहिलो दिनको पहिलो पालीमा भारतले ३ विकेट गुमाएर १४६ रन बनाएको छ। भारतले रोहित शर्मा, शुभमन गिल र चेतेश्वर पुजारालाई गुमाइसकेको छ।

कप्तान विराट कोहली र उपकप्तान आजिंक्या रहाणेले सम्हालिएर ब्याटिङ गरिरहेका छन्। कोहली ४४ र रहाणे २९ रनमा अविजित छन्।

Loading...