वेष्ट इण्डिजविरुद्ध श्रीलंकाको शानदार जित

काठमाडौं- श्रीलंकासँगको टी-२० सिरिजको दोस्रो खेलमा वेष्ट इण्डिजसँग ४३ रनले पराजित भएको छ ।

श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।

उसका लागि लिन्डल सिमन्सले २१, ओमेद म्याक्योले २३, क्रिस गेलले १६, कप्तान किरण पोलार्डले १३, फाबियन आलेनले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा वानिन्दु हसरंगाले उत्कृष्ट प्रदर्शन गरे । वानिन्दुले ४ ओभरमा १७ रन दिएर तीन विकेट लिए । त्यस्तै, लक्षण सदाकनले ३.४ ओभरमा १० रन खर्चेर तीन विकेट हात पारे ।

अघिल्लो खेलमा एक ओभरमा ६ छक्का दिने स्पिनर अकिला धनन्जयले आज भने किफायती बलिङ गरे । उनले ४ ओभरमा १३ रन दिएर महत्वपूर्ण एक विकेट लिए ।

त्यस्तै, दुश्मन्था चामेरा र धनुष्का गुणतिलकाले पनि एक/एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनायो ।

उसका लागि धनुष्का गुणतिलकाले ५६, पथम निसांकाले ३७, एशेन परेराले २१, वाविन्दु हसरंगाले अविजित १९ र कप्तान एन्जेलो म्याथ्यूजले १३ रन बनाए ।

बलिङमा डिजे ब्रावोले दुई, ओबेद म्याक्यो र जेसन होल्डरले एक/एक विकेट लिए ।

श्रीलंकाको आजको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरीको अवस्थामा आएको छ । यी दुई टिमबीचको अन्तिम तथा निर्णायक म्याच सोमबार हुनेछ ।

Loading...