सरफराज र अफ्रिदीबीच किन भएको थियो लफडा? हसन अलीले बताए कारण

काठमाडौं : पाकिस्तान सुपर लिग (पीएसएल) मा इश्लामाबाद युनाइटेडका तीव्र गतिका बलर हसन अलीले सरफराज अहमद र शाहीन शाह अफ्रिदीबीच भएको विवादलाई लिएर प्रतिक्रिया दिएका छन्।

अहमद र अफ्रिदीबीच पीएसएलमा खेल दौरान विवाद भएको थियो। अफ्रिदीले फ्याँकेको बाउन्सर बल अहमदको हेलमेटमा लागेपछि उनी रिसाएका थिए । र, दुवै खेलाडीबीच विवाद सिर्जना भएको थियो ।

क्रिकेट पाकिस्तानसँग कुराकानी गर्दै अलीले दुवै खेलाडीबीच भएको विवादको सन्दर्भमा आफ्नो प्रतिक्रिया दिए। उनले भने, ‘एक प्रोफेशनल ब्याट्सम्यानको हेलमेटमा बल लागेपछि उसलाई सोध्नु उसको जिम्मेवारी हो। यो ठीक होकि बेठिक भनेर।’


‘यो खेल भावनाको एउटा अंश हो। यद्यपि मैले कुनै ब्याट्सम्यानको हेलमेटमा बल दिए भने उ सँग कुराकानी गर्दैन। र, अंकमाल पनि गर्दैन्,’ उनले थपे, ‘चोट लागेपछि ब्याट्सम्यानको औषधि उपचार मेडिकल स्टाफले गर्ने हो ।’  

विवादपछि अफ्रीदीले एक ट्वीट गर्दै आफूभन्दा सीनियर खेलाडीसँग आक्रोश पोखेकोमा माफीसमेत मागेका छन् । उनले जारी सिजनमा लाहोर कलन्दर्सबाट पीएसएल खेलिरहेका छन् ।

फाइल तस्बिर

यद्यपि, उनी सम्मिलित टिम प्लेअफमा पुग्न सकेन । साथै, सरफराज नेतृत्वको क्वेटा ग्लाडियटर्स पनि पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

Loading...